July 20th, 2016

सिटिजन्स बैंक र बुम रेमिटेन्स कम्पनिबिच सम्झौता

Pictureसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुम रेमिटेन्स कम्पनि प्रालीबिच विप्रेषण भुक्तानीसम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामधन श्रेष्ठ तथा बुम रेमिटेन्स कम्पनि प्रालीका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरे । यस सम्झौता अनुरुप विदेश तथा स्वदेशमा रहेका नेपालीहरुले बुम रेमिटेन्स कम्पनि प्रालीमार्फत पठाएको रकम यस बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सक्ने छन् । 

यस अघि पनि बैंकले स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि र आइपे रिलायबल बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । यसको साथ साथै बैकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरुसंग सम्झौता गरि विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना बनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]