September 25th, 2017

सिटिजन्स बैंकको बोनस सेयर पारित, आठ अर्ब नाघ्यो चुक्तापुँजी

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको एघारौँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । बालकृष्ण प्रसाईको अध्यक्षतामा राजधानीको अमृतभोग कम्प्लेक्समा सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको कममाईबाट करिब १६.८५  प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । 

साधारणसभाबाट पारित भएबमोजिम सिटिजन्सका सेयरधनीले हालको चुक्तापुँजीको १६ प्रतिशत अर्थात् एक अर्ब १० करोड ७४ लाख ७० हजार तीन सय४६ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि करिब ०.८५ प्रतिशत अर्थात् पाँच करोड ८२ लाख ८७ हजार नौ सय १३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।  हाल सिटिजन्स बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड १६ लाख ८९ हजार रुपैयाँ रहेको छ । उक्त बोनस सेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी आठ अर्ब दुई करोड ९१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । 

यसबाहेक, साधारणसभाले २०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३/७४ को नाफा–नोक्सानहिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू स्वीकृत गरेको छ । सोही साधारणसभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित समेत भएका छन् । 

सिटिजन्स बैंक देशभरी फैलिएका ६२ वटा शाखा, ६१ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव तीन लाख ५० हजार  ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ.। साथै आफ्नो ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]