June 8th, 2017

सिटिजन्स बैंकको पाटनढोका शाखा आफ्नै भवनमा सर्यो

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुर महानगरपालीका वडा नं. २१ स्थित पाटनढोका शाखालाई आफ्नै भवनमा सारेको छ । विहीबारदेखि पाटनढोका शाखालाई स्थानान्तरण गरी ललितपुर महानगरपालीका वडा नं. १(ग) कुपण्डोलस्थित आफ्नै कार्यालय भवनबाट संचालन गरिएको बैंकले जनाएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले पूजापाठ गरि कुपण्डोल शाखाको सञ्चालन गरेका छन् । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]