January 18th, 2017

सिटिजन्स बैंकको नाफा ५०.९४ प्रतिशतले बढ्यो

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको तुलनामा ५०.९४ प्रतिशतले बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्सले ४१ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

५ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको खुद व्याज आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको तुलनामा १९ दशमलव ४१ प्रतिशतले बढेर ८५ करोड ५१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा ८४ लाख ३२ प्रतिशतले बढेर ६८ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा बैंकले निक्षेपमा ३० प्रतिशतले वृद्धि गरी ५२ अर्ब ७४ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै, कर्जातर्फ बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ३९ दशमलव ३९ प्रतिशतले बढाएर ४७ अर्ब ७८ करोड २० लाख रुपैयाँ लगानी गरेको छ ।

जोखिमयुक्त सम्पति १३ दशमलव ४२ प्रतिशत र निष्कृय कर्जा १ दशमलव ३२ प्रतिशत रहेको बैंकले जगेडा कोषमा १ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ छुट्याएको छ भने प्रोभिजनमा ११ करोड ९६ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले ६९ करोड ६८ लाख रुपैयाँ खराबकर्जा उठाएको जनाएको छ । 

पुस मसान्तसम्ममा सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी २२ दशमलव ८१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानीको अनुपात २१ दशलमव ४८ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ३४ दशमलव ५९ रुपैयाँ र तरलता अनुपात २३ दशमल ८१ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]