August 24th, 2016

सानो पुँजीबाट यसरी अर्बपति भयो कृषि विकास बैंक  (प्रोफाइलसहित)

bankकृषि विकास बैंक नेपाली कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको सरकारी स्वामित्वको बैंक हो । यो बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त वाणिज्य बैंक हो । कृषि विकास बैंकले अन्य क्षेत्रभन्दा कृषिमा बढी लगानी गरेर मुलुकको उत्पादकत्व बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । स्थापनाको समयमा जम्मा ५ करोडको अधिकृत पुँजीबाट कारोबार भएको बैंकले आज अर्बौको कारोबार गरिरहेको छ । नेपालका अर्ब कमाउने बैंकको सूचीभित्र समेत पर्न सफल भईसकेको छ ।

बैंकको स्थापना
कृषि विकास बैंकको स्थापना वि.सं. २०२४ साल माघ ७ गते भएको हो । नेपालको चौथो सरकारी स्वामित्वको बैंकको रुपमा कृषि विकास बैंक ऐन, २०२४ अन्तर्गत यस बैंकको स्थापना भएको हो ।

उद्देश्य  
अधिकांस नेपालीहरुको मुख्य पेशा कृषि हो । कृषि नै राष्ट्रको आर्थिक विकासको आधार हो भन्ने बारेमा नयाँ पुस्तामाझ छाप बसाउन तथा कृषि विकासमा बढीभन्दा बढी गतिशीलता ल्याई सर्वसाधारण जनताको आर्थिक हित र सुविधा कायम गराउने उद्देश्यले यस बैंकको स्थापना भएको थियो । त्यस्तै कृषिक्षेत्रमा सुलभ र सरल पद्धति अपनाई पूँजी तथा ऋण उपलब्ध गराउने उद्देश्य पनि कृषि विकास बैंकको मुख्य उद्देश्यभित्र पर्छ ।

पहिलो विशेष कार्यक्रम
वि.सं. २०३२ सालबाट देशमा गरिबीको रेखामुनि रहेका अतिदुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिबीबाट पिल्सिएका ग्रामीण जनताहरुको आर्थिक तथा सामाजिक विकासका लागि कृषि विकास बैंकले एउटा विशेष कार्यक्रम ल्यायो । सो कार्यक्रमको नाम थियो, ‘साना किसान विकास आयोजना’ । सो कार्यक्रमले २०५४ सालमा आइपुग्दासम्ममा ७५ जिल्लाको ६ सय ५२ गाविसमा ४ सय २२ वटा ‘साना किसान विकास आयोजना’ विस्तार गराउन सफल भयो । त्यस क्रममा २ लाख १० हजारभन्दा बढी विपन्न परिवारलाई ६ अर्ब ४९ करोड कर्जा लगानी गरियो । जसका कारण देशमा गरिबीको रेखामुनि रहेका सीमान्तकृत जनताहरुको शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक अवस्थामा सुधार ल्याई उनीहरुको जीवनस्तर माथि उठाउन ठूलो सहयोग पुग्यो । सो कार्यक्रमको प्रभावस्वरुप कृषि विकास बैंक ती गरिब र निमुखा जनताका लागि प्रसंशनीय बैंक मात्र बनेको छैन, बैंकले गरेको योगदानपश्चात राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रयस्तरमा आफ्नो विशेष पहिचान कायम गर्न समेत सफल भएको छ ।

अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानीत
लगानीको क्षेत्र कृषि, स्थान छनौटको क्षेत्र ग्रामिण र प्राथमिकतामा परेको वर्ग गरिब तथा निमुखा किसान र सर्वसाधारण भएकाले, संस्थागत उद्देश्यलाई पहिचान गर्दै विभिन्न योगदानका साथ अगाडि बढेको यस बैंक अन्ततः अन्तर्राष्ट्रिय अवार्डको विजेता नै भएर संस्थागत पहिचानलाई विश्वसामु चिनायो ।
कृषि विकास बैंकले चलाएको देशव्यापी अभियान ‘साना किसान आयोजना’ कार्यक्रमकै प्रभावस्वरुप सन् २००३ मा विश्वका विभिन्न देशहरुबाट ग्रामीण क्षेत्रको विकासको लागि योगदान पु¥याउने देशबीच भएको प्रतिस्पर्धामा नेपालबाट कृषि विकास बैंकले चलाएको अभियान सर्वोत्कृष्ट मोडेलको रुपमा छनोट भई कृषि ५० हजार अमेरिकी डलरको अन्तर्र्रािष्ट्रय पुरस्कारबाट पुरस्कृत हुन समेत सफल भएको थियो ।

वि.स.२०४६ देखि ०५० ‘चुनौतिकाल’  
कृषि विकास बैंक एकसमय आफ्नो रफ्तारलाई झण्डै ब्रेक लगाउनुपर्ने अवस्थामा पुगिसकेको थियो । तर बैंकका तत्कालिन बोर्ड समिति र बोर्ड सल्लाहकार तथा बैंकका शुभचिन्तकहरुको चातुर्यताका कारण पुन आफ्ना कार्यक्रम तथा सेवाहरुलाइ संचालन गर्न बैंक सफल भयो । कुरा २०४६ सालमा देशमा भएको राजनैतिक परिवर्तन पछिको हो । नयाँ प्रविधि तथा पद्धतिको विकाससँगै बैंकले संचालन गर्दै आएको ‘साना किसान अभियान’ कार्यक्रम विस्तार गर्नका लागि लागु गरिएको प्रक्रिया पद्धति झन्झटिलो बन्दै गयो । साथै दातृनिकायबाट दिँदै आएको आर्थिक तथा प्राविधिक सहयोगहरु पनि क्रमिक रुपमा कटौती हुँदै गए । त्यस्तै  देशमा २०४६ सालको राजनीतिक परिवर्तनपछि बैंक तथा वित्तीय संस्थाहरुको स्थापना हुने क्रम पनि तीब्र रुपमा बढ्दै गयो । यी सबै चुनौतिका कारण २०४९/५० मा बैंक प्रतिस्पर्धा र नाफा कमाउने कार्य एकैसाथ अगाडि बढाउन नसक्ने अस्वस्थामा गुज्रिरहेको थियो ।

जर्मन सकारको सहयोगमा चुनौतिको सामना
चुनौतिकालबाट मुक्त हुनका लागि बैंकले जर्मन सरकार जीटीजेटमार्फत आर्थिक तथा प्राविधिक सहयोग लियो । र आ.व. २०५१÷०५२बाट साना किसान विकास आयोजनाहरुलाई चरणबद्ध रुपमा साना किसानमा आबद्ध साना किसान (समूह सदस्य) हरुलाई आवश्यक सीप, ज्ञान प्रदान गरि साना किसान सहकारीको स्थापना भयो । यसलगत्तै २०५८ असारमा साना किसान सहकारीलाई ‘साना किसान विकास बैंक’ को रुपमा स्थापना गराइ वित्तीय बजारमा प्रतिस्पर्धा गर्न र समयअनुसारको नाफा हाँसिल गर्न सफल बैंक कृषि विकास नै हो ।
यसपछिका वर्षहरुमा कृषि विकास बैंकले त्यस्ता खाले समस्याबाट संस्थाको कार्यकुशलतामाथि कुनै कमि आउन दिएको छैन । तर द्धन्द्धकाल र गत वर्षको विनाशकारी भुकम्पका कारण बैंकका शाखाहरु विस्थापित हुनाले जनताकाप्रतिको सेवामा भने असहज भएको थियो । तर करिब २ वर्ष अघि बैंकको प्रमुख कार्यकारीमा लिलाप्रकास सिटौलाको नियुत्ति भएसँगै विस्थापित शाखाको पुनस्थापनाका कार्यहरु धमाधम भइरहेका छन, साथै बैंकीङ सुसासनका लागि धेरै कार्यहरु सम्पन्न भइसकेका छन, भने कतिपय कार्ययोजनाहरु सम्पन्न हुने क्रममा छन् ।

आर्थिक वर्ष ०७२/७३ मा आइपुग्दाको वित्तीय विवरण
देशका सर्वसाधारण तथा सामान्य किसानको झुपडीसम्म बैंकिङ सेवा पुर्याउने उद्देश्य अनुरुप ०२४ सालमा स्थापना भएको यस बैंकले आगामी वर्ष ०७४ मा स्वर्ण उत्सव मनाउने छ ।

जम्मा शाखा संख्या
 देशका सुगम सहरदेखि दूरदराजसम्म आफ्नो सेवा विस्तार गर्ने क्रममा हालसम्म यस बैंकका जम्मा २५६ वटा शाखा स्थापना स्थापना भइसकेका छन् । जसमध्ये १८८ वटा बैंकिङ र ६८ विकास बैंकिङ शाखाहरु सञ्चालनमा रहेर नेपाली जनतालाई बैंकिङ सुबिधा पुर्याइरहेका छन् ।

निक्षेप ग्राहक संख्या
बैंकले आफ्नो प्राथमिकतामा ग्रामिण भेगलाई पारेकाले हाल ९ लाख ७६ हजार ६ सय ९० जना निक्षेप ग्राहक मध्ये अधिकांश ग्राहक ग्रामिण भेगका किसानहरु नै छन् । अघिल्लो आर्थिक वर्षसम्म बैंकका ग्राहक संख्या ९ लाख ३५ हजार ८५ नजा रहेका थिए । बैंकको तथ्याङकलाई आधार मान्दा एक आर्थिक वर्षमा बैंकले ४१ हजार भन्दा बढी ग्राहक संख्या थप गरेको छ ।

कर्जा ग्राहक संख्या
krishakकृषि क्षेत्रको विस्तार र कृषकको स्तरोन्नतीका लागि यस बैंकले कर्जा प्रवाह गरिरहेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा यस बैंकको कर्जा ग्राहक संख्या केही मात्रामा घटेका छन् । आव ०७१÷७२ मा १ लाख ७१ हजार ४ सय ८३ जना कर्जा ग्राहक संख्या रहेकोमा चालु आर्थिक वर्षमा १ लाख ६४ हजार ८१ जनाले कर्जा लिएका छन् । यस हिसाबले बैंकले पुरानो कर्जा असुल गर्ने क्रम पनि बढेको छ ।

कर्जा तथा कृषिमा लगानी
कृषक तथा कृषि क्षेत्रको विकास विस्तार र सामान्य कृषकको स्तरउन्नतीका लागि काम गरिरहेको यस बैंकले यस आर्थिक वर्षमा ८३ अर्व ३४ करोड ९० लाख रुपैयाँ बराबरको रकम कर्जामा लगानी गरेको छ । जसमध्ये सबै.भन्दा बढि कर्जा कृषि क्षेत्रकै लागि लगानी भएको छ । गत आर्थिक वर्षमा ३१ प्रतिशत कृषिमा लगानी गरेको बैंकले यस आर्थिक वर्षमा १ प्रतिशत बढाएर हाल कुल कर्जा तथा सापटको ३२ प्रतिशत कृषिमा लगानी गरेको छ । राष्ट्र बैंकको नियमअनुसार वाणिज्य बैंकहरुले १० देखि १२ प्रतिशतसम्मको लगानी कृषिमा गर्नुपर्ने व्यवस्था छ । यस आधारमा कृषि विकास बैंकले न्युनतम प्रतिशतको तीन गुणा बढी कृषिमा लगानी गरेको छ ।

निक्षेप रकम र चुक्ता पुँजी
करिब ९ लाख ७७ हजार निक्षेप ग्राहक संख्या भएको यस बैंकमा हाल ८७ अर्व २६ करोड ९१ लाख रुपैयाँ बराबरको रकम निक्षेपमा जम्मा भएको छ । गत आव को तथ्याङकलाई आधार मान्दा १० अर्व भन्दा बढि रकमले बैंक निक्षेपमा वृद्धि भएको छ । गत आव ०७१÷७२ मा ७७ अर्व ३ कारोड ५१ लाख रुपैयाँ बराबरको निक्षेप रकम बैंकमा जम्मा भएको थियो ।आ.व. ०७३/७४ को असार मसान्तसम्ममा प्रत्येक वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब हुनैपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेसंगै प्राय कमर्सियल बैंकहरु यसकै प्रक्रियामा व्यस्त छन् । तर आधाभन्दा बढी सरकारी स्वामित्वमा  रहेको कृषि विकास बैंकका लागि राष्ट्र बैंकको नियम पालना गर्न कुनै कसरत गर्नुपर्दैन । तत्कालै यो बैंकसँग १० अर्ब ३७ करोड ४४ लाख रुपौयाँ बराबरको चुक्ता पुँजी छ । राष्ट्र बैंकले तोकेको समयसम्म बैंकको चुक्ता पुँजी निर्धारित पुँजी भन्दा निक्कै बढी हुने कुरा बताउँछन्, बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) लिलाप्रकाश सिटौला ।

निष्कृय कर्जा
कमसल स्थिर सम्पतिहरुमा लगानी गर्नाले पछि लगानी उठ्न नसक्दा धेरै बैंक तथा वित्तीय संस्थाहरु खतराको मुखसम्म पुगेका धेरै उदाहरणहरु छन् । त्यसैले यस्ता सम्पतिमा लगानी गर्नुपुर्व नै ग्राहकले राखेको धितोका बारेमा विषेश अध्ययन गरी लगानी गर्ने निर्णय गर्नु उचित हुन्छ । अन्यथा धितोमा लगानी गरेको कर्जा रकम नउठ्नाले बैंक घाटामा जान सक्छ ।कृषि विकास बैंकको सवालमा भने, निष्कृय कर्जाको प्रतिशत दिनानुदिन घट्दो क्रममा छ । यस बैंकले कर्जामा लगानी गर्दा विषेश ध्यान दिने भएकाले पनि गत आ.व.को तुलनामा यस आ.व.मा निष्कृय कर्जाको प्रतिशत घटिरहेको छ । ०७१÷७२मा ५.३५ प्रतिशत निष्कृय कर्जा भएकोमा यस आ.वमा घटेर ३.८५ प्रतिशतमा आएको छ । यसरी बैंकको निष्कृय कर्जा घट्दै जानु बैंक तथा बैंकसँग सम्बन्धित सम्पुर्ण पक्षका लागि फाइदाको विषय हो ।

कर्मचारी संख्या
विगत केहि वर्ष यता यस बैंकमा जनशक्तिको उचित व्यवस्थापन हुन सकेको थिएन । नयाँ कर्मचारी नियुक्ति, पुराना कर्मचारीको सरुवा बढुवादेखि अवकाशसम्मका प्रक्रियाहरु अव्यवस्थित रुपमा थन्किएर रहेका थिए । तर बैंकको प्रमुख कार्यकारीमा लिलाप्रसाद सिटौलाको नियुक्तिसँगै बैंक जनशरिक्तसँग सम्बन्धित सबै समस्याको समाधान भएको छ । हाल सिटौलाले कर्मचारी नियुक्ति, सरुवा, वढुवा, अवकाशजस्ता सबै कार्यहरु व्यवस्थित बनाएका छन् ।देशभरमा स्थापना भएका २५६ र्बैंकीङ तथा विकास बैंकीङ शाखाहरुमा ग्राहकलाई सेवा दिनका लागि २ हजार ४ सय ३० जना नेपालीका छोराछोरी खटिएका छन् । यस बैंकमा कार्यरत सम्पुर्ण कर्मचारीलाई कृषि र कृषकसँग अभ्यस्त रहन बैंक प्रमुख लिला सिटौलाले बारम्बार भनिरहेका हुन्छन् ।

एटिएम तथा बैंक लकर संख्या
अन्य कमर्सियल बैंकहरुमा जस्तै कृषि विकास बैंकले पनि आफ्नो बैंकीङ सेवालाई छिटो, छरितो र जोखिममुक्त बनाउन र ग्राहकलाई आधुनीक बैंकीङ सेवा प्रदान गर्न बैंक भित्र आधुनीक सूचना प्रविधिहरुको प्रयोगलाई बढावा दिइरहेको छ । यसैक्रममा हाल यस बैंकले विभिन्न स्थानहरुमा  २१ वटा एटिएम मसिनहरु स्थापना गरेको छ । भोलिका दिनहरुमा बैंकिङ प्रविधिलाई अझ प्राथमिकतामा राखेर भावि योजनाहरु  बनाउने र कार्यान्वयन गर्ने बैंकको उद्देश्य छ । त्यस्तै, ग्राहकका सुबिधालाई मध्येनजर गर्दै यस बैंकले २५ वटा बैंक शाखाहरुमा बैंक लकर सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

संचालक समिति
कुनै पनि संस्थाको भविष्यसँग जोडिएको अर्को पाटो हो, संस्थाका उच्च तहका पदाधिकारी र उनीहरुको व्यवहार । कुनैपनि संस्थाको लक्ष्य हाँसिल गर्न तथा संस्थाले स्थायीत्व पाउनका लागि संस्थाको नेतृत्व तहका पदाधिकारीहरु इमान्दार र योग्य हुन आबश्यक हुन्छ । यस बैंकको नेतृत्व तहमा रहेका वोर्ड सदस्यहरु तथा व्यवस्थापन टिमका सबै सदस्यहरु वौद्धिक तथा ्इमान्दार छन् । यस बैंकको सञ्चालक समितिको अध्यक्षमा प्रमोद कुमार कार्कि छन् ३ जना नेपाल सरकारको तर्फबाट प्रतिनिधि सदस्यहरु छन् । शिशिर कुमार ढुंगाना, योगेन्द्र कुमार कार्कि, डा. चन्द्र बहादुर अधिकारी नेपाल सरकारको प्रतिनिधि सदस्यहरु हुन । त्यस्तै लक्ष्मीदेवी मानन्धर विशेषज्ञ  सञ्चालक र रमेश कुमार महत, मनोज कुमार बस्नेत, गोविन्द प्रसाद भट्टराई र घनश्याम अवस्थी सर्वसाधारण सञ्चालकको रुपमा रहेका छन् ।

ब्याज आम्दानी, सञ्चालन मुनाफा, जगेडा कोष, प्रतिशेयर आम्दानी र तरलता
आर्थिक वर्ष ०७१/७२ को तुलनामा आ.व.०७२/७३मा बैंकको खुद ब्याज आम्दानी ९ दशमलव ४९ प्रतिशतले बढेर ६ अर्ब १८ करोड ६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३ सय ४० प्रतिशत बढेर २ अर्ब ६८ करोड १० लाख रुपैयाँ पुगेको छ । बैंकले जगेडा कोषमा ८ अर्ब ३८ करोड ५३ लाख रुपैयाँ राखेको छ । एक वर्षमा ६२ करोड ३७ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ५६ करोड १९ लाख रुपैयाँ राखेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १ दशमलव १५ प्रतिशतले घटेर १२ दशमलव ८४ प्रतिशतमा कायम भएको छ भने बैंकको प्रति शेयर आम्दानी ५५ दशमलव ६४ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ३३ प्रतिशत रहेको छ । प्रस्तुती : शारदा भण्डारी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]