December 12th, 2017

सानिमा लाइफ इन्स्योरेन्सले थाल्यो व्यवसाय

बैंकिङ खबर । अबको पाँच वर्षमा नेपालकै तेस्रो ठूलो जीवन बीमा कम्पनी बन्ने लक्ष्यका साथ सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसाय सुरु गरेको छ । बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँले सोमबार बीमा कारोबारको शुभारम्भ गरेका हुन् ।

तीन नयाँ जीवन बीमा पोलिसी
३७ जना प्रोमोटर रहेको कम्पनीले तीन वटा नयाँ जीवन बीमा पोलिसी संचालनमा ल्याएको छ । कम्पनीले सानिमा धनपती (अग्रिम भुक्तानी), सावधिक जीवन बीमा योजना, सानिमा दिर्घायू (सावधिक तथा आजीवन) जीवन बीमा योजना र सानिमा सरल तथा एकल भुक्तानी सावधिक योजना ल्याएको हो । देशभर रहेका २५ सय भन्दा बढी बीमा अभिकर्तामार्फत बीमा पोलिसी बिक्री गर्ने कम्पनीले जनाएको छ ।

अन्य योजना
सानिमाले ६० करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्ने बताएको छ । त्यस्तै, चालू आर्थिक वर्षभित्रमा २० वटा शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको छ । नयाँ बीमा योजना तथा नयाँ शाखाको विस्तारको लागि बीमा समितिसँग स्वीकृती लिने अन्तिम तयारीमा रहेको कम्पनीले जानकारी दिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]