January 13th, 2017

सानिमा बैंक र बागमति डेभलपमेण्ट बैंकको एकिकृत कारोबार शुरु

सानिमा बैंकले बागमती डेभलपमेन्ट बंैकलाई किने पछि आइतबारबाट एकिकृत कारोबार शरु गरेको छ । सर्लाहीको हरिवनमा आयोजित एक समारोहको बिच सानिमाका ब्य्रान्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले शुभारम्भ गरेका हुन् । कार्यक्रममा सानिमा बैंकका संचालक समितिका सदस्य भरत कुमार पोखरोल र महेश घिमिरेको पनि उपस्थिती रहेको थियो । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी रु. ५ अर्ब ३० करोड पुगेको छ । साथै, मेचीदेखि महाकालीसम्म शाखा संजाल ४३ वटा तथा ए.टि.एम संख्या ४९ वटा पुगेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]