February 28th, 2017

सात अर्बको विकास ऋणपत्रका लागि बोलपत्र आह्वान, अर्धवार्षिक रुपमा व्याज पाइने

नेपाल राष्ट्र बैंकले छ वर्षे अवधिको विकास ऋणपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकले सात अर्ब रुपैयाँको ऋणपत्रका लागि यही साताको विहीबार (फागुन १९ गते) अपरान्ह ३ बजेसम्ममा बोलपत्र पेश गर्न आह्वान गरेको छ । उक्त ऋणपत्रको निष्काशन फागुन २० गते शुक्रबार गरिनेछ भने सावाँ ०७९ फागुन २० गते फिर्ता गरिनेछ । व्याज भने अर्धवार्षिक रुपमा दिइने बताइएको छ । 
थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://nrb.org.np/pdm/pdmo_db/4_Issuance_Notices–DB2079%20A(6%20years)-New.pdf 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]