March 11th, 2016

साताभरको नेप्से : दुई दिनमा १ अर्ब ७४ करोडको कारोबार, नयाँ विन्दुमा परिसूचक

economic 2यस साता नेपाल स्टक एक्सचेन्जमा पहिलो र अन्तिम दिन गरि दुई दिन मात्र कारोबार भयो । कारोबार भएका दुई दिनमा १ सय ३४ वटा कम्पनिको २९ लाख ३९ हजार ६ सय ५० कित्ता शेयर ६ हजार ६ सय ६९ पटक खरिद विक्रि हुँदा कुल १ अर्ब ७४ करोड ९३ लाख ३ हजार रुपैँया बराबरको कारोबार भयो । कारोबार रकम गत साताको भन्दा ३७ दशमलव २४ प्रतिशतले कम हो । गत साता १ सय ४३ वटा कम्पनी ४७ लाख ५४ हजार ७ सय ८० कित्ता शेयर १३ हजार ४ सय ६४ पटक किनबेच हुँदा कुल २ अर्ब ७९ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो 

साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा ११ दशमलव ४९ अंकले बढेर अन्तिम दिन १ हजार ३ सय १८ दशमलव ०३ अंकको बिन्दुमा पुगेर बन्द भयो । त्यसैगरी क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिटिव इन्डेक्समा पनि पहिलो दिनको तुलनामा १ दशमलव ९५ अंकले वृद्धि भई २ सय ८३ दशमलव ६ अंकको बिन्दुमा पुगी कारोबार बन्द भयो । 

यस साता कारोबार रकमको आधारमा नेको इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ जसको रकम रहेको १३ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी सिद्धार्थ इन्स्योरेन्सको ८ करोड १२ लाख ६० हजार रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ६ करोड ७० लाख ९० हजार रुपैयाँ, नशनल लाइफ इन्स्योरेन्सको ६ करोड ४६ लाख ७० हजार रुपैयाँ र कृषि विकास बैंकको ६ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएको शेयर संख्याका आधारमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम अग्रस्थानमा रहेको छ जसको ६ लाख ६ हजार कित्ता शेयर खरिद बिक्रि भएका छन्  । त्यसैगरी कारोबार संख्याको आधारमा ४ सय ४९ वटा कारोबार हुदै नेको इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]