August 12th, 2016

साताको ४ दिन स्थिर रह्यो सुनको भाउ : तोलाको ५८ हजार ९ सयमा कारोबार

gold 1नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँका दरले सस्तिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, विहिबार छापावाल सुन तोलाको ५९ हजार २ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ९ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । 

यो साताभर सुनको भाउ स्थिर जस्तै रह्यो । गत साताको शुक्रबार छापावाल सुन तोलाको छापावाल सुन तोलाको ५९ हजार ५ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तोजावी सुन तोलाको ५९ हजार २ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । यस आधारबाट हेर्दा, यो साता सुन तोलाको ६ सय रुपैयाँ सस्तो भएको छ । सुनको भाउ बुधबार ३ सय रुपैयाँ र शुक्रबार ३ सय रुपैयाँ गरी ६ सय रुपैयाँले घटेको हो । अन्य दिन भने सुनको भाउ स्थिर रह्यो ।

चाँदी पनि सस्तियो
चाँदी पनि शुक्रबार तोलाको ५ सय रुपैयाँका दरले सस्तिएको छ । विहिबार तोलाको ८ सय ९० रुपैयाँका दरले कारोबार भइरहेको चाँदी शुक्रबार तोलाको ८ सय ९५ रुपैयाँका दरले कारोबार भइरहेको महासंघले जनाएको छ । गत साताको शुक्रबार चाँदी तोलाको ९ सय १० रुपैयाँका दरले कारोबार भइरहेको थियो । यस आधारबाट हेर्दा, यो साताभर चाँदी तोलाको १५ रुपैयाँका दरले सस्तो भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]