September 1st, 2017

साताको सेयर बजार : परिसूचक घट्दा कारोबारमा वृद्धि

साताको सुरुवात वृद्धिबाट गरेको सेयर बजार दोस्रो दिनदेखि अन्तिम दिनसम्म लगातार घटेर बन्द भयो । गत साताको अन्तिम दिन १६१७.८१ अंकमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम दिन १५८०.०३ अंकमा झरेको छ । साताभरमा नेप्से ३७.७८ अंकले घटेको हो । 

साताको सुरुमा परिसूचक घट्दा पनि बढिरहेको कारोबार रकम अन्तिम दिन घट्यो । साताको आइतबार साढे ८१ करोड, सोमबार ९० करोड ९३ लाख र बुधबार ९७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो । विहीबार भने १६० वटा कम्पनीको १५ लाख ७२ हजार ३२ कित्ता सेयर १० हजार चार सय ५९ पटक खरिदविक्री हुँदा ८४ करोड ९१ लाख १५ हजार तीन सय १९ रुपैयाँको मात्रै कारोबार भयो । जसअनुसार, समग्रमा यो साता तीन अर्ब ५५ करोड १९ लाख ७८ हजार आठ सय ३४ रुपैयाँको कारोबार भएको छ । परिसूचक घटेपनि यो साता कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको हो । गत साता पाँच दिनमा जम्मा तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार पाँच सय ८१ रुपैयाँको कारोबार भएको थियो ।

यो साता एनआईसी एसिया बैंक, छिमेक लघुवित्त लगायतको धेरै कारोबार भएको छ । कुनै कम्पनीका सेयरधनीले पनि यो साता धेरै कमाइ गर्न पाएनन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका सेयरधनीले यो साता धेरै गुमाएका छन् । त्यस्तै, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, नविल ब्यालेन्स फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]