June 15th, 2017

साताको अन्तिम दिन बढेर बन्द भयो सेयर बजार, सेन्ट्रल फाइनान्सका सेयरधनीले सबैभन्दा बढी कमाए

साताको अन्तिम दिन सेयर बजार ५.१० अंकले बढेर १५८९.५९ अंकमा पुगेको छ । अन्य बाहेक, सबै उपसूचक हरियो भएपछि समग्र बजार नै प्रभावित भएको हो । विहीबार अन्य समूह २.८९ अंकले घटेको छ भने बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र उत्पादनमूलक समूह क्रमशः ५.५७, १९.८८, ११.४५, १.४४, ३.४१, ११.३४ र ८.१८ अंकले बढेका छन् । 

परिसूचक हरियो भएसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । दिनभरिमा १५१ वटा कम्पनीको ११ लाख १८ हजार सात सय ५९ कित्ता सेयर छ हजार ६० पटक खरिविक्री हुँदा ६७ करोड ३८ लाख ६८ हजार ३२ रुपैयाँ पुँजी परिचालन भएको छ ।

एभरेष्ट बैंकको सबैभन्दा धेरै छ करोड २१ लाखको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंकको पाँच करोड १५ लाख रुपैयाँको कारोबार भएको छ भने एभरेष्ट इन्स्योरेन्सको तीन करोड १० लाख रुपैयाँको कारोबार भएको छ । जनता बैंक र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको सेयर कारोबार भएको छ भने प्रभु इन्स्योरेन्स, प्रभु बैंक प्रोमोटर, माछापूछ्रे बैंक, हिमालयन जनरल इन्स्योरेन्स, प्रभु बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

भक्तपूर फाइनान्ससँगको सफल मर्जरपछि आजैदेखि सेयर कारोबार खुलेको सेन्ट्रल फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.७१ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने नेशनल माइक्रोफाइनान्सका सेयरधनीले ८.०१ प्रतिशतका दरले कमाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.८६, ६.०५, ५.९८ र ५.८२ प्रतिशतका दरले कमाएका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त, स्वरोजगार लघुवित्त, सिन्धु विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ६.२५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । एभरेष्ट बैंक (सीपी), सृजना फाइनान्स, जेविल्स फाइनान्स, रिडी हाइड्रो, सिनर्जी पावर, अरुण फाइनान्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, तारागाउँ रिजेन्सी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]