July 21st, 2016

सांग्रिलाको सञ्चालन नाफा ३५ करोड 

shangrila-bankआर्थिक बर्ष २०७२/७३ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले झण्डै ३५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड २४ लाख रुपैयाँ अर्थात १८ प्रतिशत बढी मुनाफा   गरेको हो । सो अवधिमा बैंकले १० अर्व ३६ करोड निक्षेप संकलन, ९ अर्ब १५ करोड कर्जा समेत प्रवाह गरेको छ । जुन, गत आर्थिक बर्ष ७१/७२ असार मसान्तको तुलनामा क्रमशः निक्षेप २ अर्ब ३५ करोड रुपैयाँ अर्थात २९.३ प्रतिशत र  कर्जा २ अर्ब ६२ करोड रुपैयाँ अर्थात ४० प्रतिशतले बढी हो । 
  
यस त्रैमासमा सांग्रिलाले कर्जा असुली कार्य निकै तदारुकताका साथ सम्पन्न गर्यो । जसकारण निष्कृय कर्जा अनुपात ०.५४ प्रतिशतमा झरेको बताइएको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.२५ प्रतिशत तथा प्रति सेयर आम्दानी अनुपात २२.४१ रहेको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।

बैंकले हालै मात्र ४ : १ का दरले हकप्रद सेयर निस्कासन गरि सर्व साधारणको हकप्रद सेयर बाँडफाँड गरि सकेको छ । साथै, संस्थापक समुहतर्फको बाँकी भण्डै ९ लाख ६७ हजार कित्ता हकप्रद सेयर लिलाम बढाबढबाट बिक्री गर्ने कार्य केही समयमा सम्पन्न हुने नायब कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

आर्थिक बर्ष २०७१/७२ को मुनाफाबाट प्रदान गरेको २०.८५ प्रतिसत बोनस सेयर वितरणको लागि बैंकको बिक्री प्रबन्धक  एनआईबिल क्यापिटल लि. मार्फत बांडफांट गर्ने कार्य सम्पन्न भएको बैंकले जनाएको छ । सम्बन्धीत सम्पूर्ण सेयरधनीहरुलाई कर वाफतको रकम जम्मा गर्ने तथा डीपी खाता खोल्न समेत बैंकले आह्वान गरेपछि बैंकको चुक्ता पूंजी  १ अर्व ७ करोड ३४ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।

 हाल बैंकको कुल ३१ वटा शाखा संजाल तथा १२ वटा ए.टी.एम. तथा आधुनिक मोवाईल बैकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सुविधा प्रदान गर्दै आईरहेको  प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]