November 7th, 2017

सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल नियुक्त

बैंकिङ खबर । सहकारी विकास बोर्डको सहअध्यक्षमा सहकारी अभियान्ता दक्ष पौडेल नियुक्त भएक छन् । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सहअध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने व्यवस्था छ । पौडेल यसअघि बोर्डको सञ्चालक थिए । उनी प्रभु समूहका सञ्चालक समेत हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]