January 23rd, 2017

सहकारी क्षेत्रमा रहेका हरेक समस्याको समाधान आगामी ऐनले गर्ने

सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् । राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’  बिषयक गोष्ठीको उद्घाटन गदैं थानीले नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेकाले यसको सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे । 

सहकारी ऐन संसदमा रहेको स्मरण गदैं मन्त्री थानीले यस क्षेत्रमा रहेका समस्यालाई आउँदै गरेको ऐनले सम्बोधन गर्ने उल्लेख गरे । उनले भने,‘सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन सहकारी ऐन ल्याउँदैछौँ, यसले धेरै समस्या हल गर्नेछ ।’ 

त्यस्तै, मन्त्री थानीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू र आफ्नो मन्त्रालय सदैव तयार रहेको बताउँदै सहकारी क्षेत्रको प्रवद्र्धनका निम्ति मन्त्रालय पूर्ण प्रतिवद्ध रहेको उल्लेख गरे । ‘सहकारी मैत्री नै ऐन आउछ,’ मन्त्री थानीले भने, ‘तर कस्लाई कुन दफा परिवर्तन गर्नुपर्छ त्यो संभव छैन ।’ 

'सहकारीको माध्यमबाट रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्छ' 
कार्यक्रममा मन्त्रालयका संचिव मोहनकृष्ण सापकोटाले सहकारी आन्दोलन अन्तिम चरणमा पुगेको बताउँदै सहकारीलाई व्यवस्थित गर्न सरोकावाला विच एकरुपताको खाँचो रहेको बताए । उनले रेमिट्यान्स सदुपयोग नभएको बताउँदै सहकारीको माध्यमबाट रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए । उनले भने, ‘धेरै पैसा अनुत्पादक क्षेत्रमा खर्च भैइरहेको छ,यसलाई सहकारीको माध्यमबाट उत्पादनशिल क्षेत्रमा लगाउन आवश्यक छ ।’

यस्तै, राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको गतिशीलतालाई राज्यले अझैपनि बुझ्न नसकेको बताए । उनले भने,‘सहकारीको गतिशीलतालाई राज्यले अझै बुझ्न सकेको छैन, यसले गर्दा उत्पादन प्रणालीमा जान कठिनाई भएको छ ।’ 

कार्यक्रममा केन्द्रीय स्वाथ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी मापदण्डलाई फरकिलो बनाउन जरुरी रहेको बताए । सहकारीले अझै पनि वैदेशिक क्रृण लिन सक्ने अवस्था नरहेको बताउँदै पाण्डेले यसका निम्ति सरकारले पहल गर्नुपर्ने उल्लेख गरे । 

यस्तै,राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारी आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न जरुरी रहेको बताइन् । 

त्यस्तै, राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष सरोज कुमार शर्माले नियमनकारी निकाय र सहकारी विचको समन्वयमा सहकारीमा रहेको अबौं पैसालाई परिचालन गर्न जरुरी रहेको बताए ।

विभागद्धारा आयोजित दुई दिने गोष्ठीमा सोमबार विभागका रजिष्टार केशवप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गदैं रेग्मीले दर्शन र सिद्धान्तलाई आधार मानेर सहकारी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा राष्ट्रिय सहकारी संघ,विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक लगायतले आ–आङ्खना कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यपत्र प्रस्तुत गदैं उनीहरुले सहकारी क्षेत्रमा देखिएको समस्या अझै पनि हल नभएको बताउँदै चुनौतीपूर्ण अवस्थामा पनि आफूहरुले आफ्ना कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताए ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]