November 8th, 2016

सहकारीका समस्या केलाउँदै सहकारी विभाग 

sahakari-bibhagसहकारी विभागले ‘अधिकृत स्तरीय सहकारी नियमन प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ । सहकारीको व्यवस्थापन र सञ्चालन सुदृढिकरण गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको विभागले जनाएको छ ।  सो कार्यक्रम देशैभरी सहकारी डिभिजन कार्यालय र प्रशिक्षण कार्यालयहरुमा सोमबारबाट सुरु गरिएको हो । सहकारी संस्थाका कमी कमजोरीलाई न्युनिकरण गर्नका सो कार्यक्रम संचालन गरिएको सहकारी विभागका सूचना अधिकृत नारायण प्रसाद अर्यालले जानकारी दिए । सो कार्यक्रममा रजिस्ट्रार र उप रजिस्ट्रारको पनि सहभागिता रहेको छ । सोमवार देखि सुरु भएको सो प्रशिक्षण कार्यक्रम आगामी शनिवार सम्म चल्ने जनाइएको छ । उक्त प्रशिक्षणमा दोलखा, काभ्रे, काठ्माडौँं, ललितपुर, कास्की, तनहुँ, बाग्लुङ, मकवानपुर र कैलालीका साथै सहकारीका प्रशिक्षण केन्द्र र विभागका अधिकृत सरहका ३३ जनाको सहभागिता रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]