July 22nd, 2016

सवा १ करोड कित्ता हकप्रद निष्काशन गर्दै प्राइम बैंक 

primeप्राइम कमर्सियल बैंकले ३ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद नियकाशनका लागि बैंकलाई धितोपत्र बोर्डले यसै साता अनुमति दिएको हो । प्राईमले एक अर्ब २३ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल चुक्ता पूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको बैंकको हकप्रद पश्चात बैंकको चुक्तापूँजी ४ अर्ब ९३ करोड पुग्नेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । 

बैंकले नेपाल राष्ट्र बैंकले तोकेबमोजिक चुक्ता पुँजी पुर्याउनका लागि हकप्रद शेयर जारी गर्न लागेको जनाएको छ । अघिल्लो आर्थिक बर्षको मुनाफा बाट १८ प्रतिशत बोनश दिएको बैंक हकप्रद पश्चात गत आवको नाफाबाट २० प्रतिशत बोनस शेयर बाड्ने योजनामा छ । यसबाहेक ८ अर्ब चुक्ता पूँजी पुर्याउने योजना अनुसार बैंकले बिराटनगरको बिराटलक्ष्मी र काभ्रेको कन्ट्री डेभ्लपमेन्ट बैंकलाई किन्ने सम्झौता गरिसकेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]