December 2nd, 2017

समाजले दुई हजार पत्याएन, लघुवित्तको कर्जाबाट लखपति

मेरो नाम सुमित्रा दर्जी हो । म रौतहतको चन्द्रनिगाहपुरमा एउटा निम्न आयस्तर भएको परिवारमा जन्मिएकी हुँ । वि.सं. २०५० सालमा काभ्रेको वडा नं.४ पाँचखालमा बस्ने टेकबहादुर दर्जीका छोरा मोतिरामसंग मेरो विवाह भयो । विवाहपछि सुख होला, राम्रो र खुसी परिवार पाउँला भनी मिठो सपना देखेको थिएँ । तर मानिसले देखेका सबै सपना कहाँ पुरा हुने रहेछन् र ? मैले देखेको सपनाभन्दा वास्तविकता ठिक उल्टो भईदियो । सानो पानी चुहिने घर, त्यसमा पाँच जना दाजुभाई, आफ्नै खेतीपाती नभएको, बिहान–बेलुका हातमुख जोड्नै मुस्किल हुने परिवारको सदस्य बन्न पुगेँ । धेरै नै दुख थियो । विवाहको केही वर्ष्भित्रै मेरा २ छोरा र २ छोरी भए । त्यसपछि दुःख अझै थपियो । हामीमाथि सन्तानको लालनपालन गर्ने मुख्य चुनौति थपियो । कमाई केही थिएन । त्यसैले पनि हुन सक्छ घरपरिवारबाट समेत अवहेलना सहनुपर्यो ।

हामी गरिब भएकाले परिवारमा सासु–ससुरा, देवर–जेठाजु सबैले हेप्थे । परिवारबाट छुट्टिए पनि हुन्थ्यो भन्थे । सानो नानी च्यापेर मेलापात गएर काम गर्थेँ । र पनि हात मुख जोड्न मुस्किल नै थियो । ती दुःखका कहालीलाग्दा क्षणहरुमध्ये एउटा त्यो दिन कहिले भुल्न सक्दन जुन अभैm पनि मेरो मनसपटलमा ताजै छ । छोराछोरीलाई जसोतसो जाउलो खुवाएर आफुले बारीको काँक्रा खाएर दुई दिन काटेको सम्झदाँ मनमा पहिरो जान खोज्छ ।

त्यही बेला ‘दैव’ लाग्यो । एउटा छोरा बिरामी पर्यो । बल्लतल्ल काठमाण्डौ हस्पिटल पुर्यायौँ । हस्पिटलमा उपचार गर्न खर्चको अभाव भयो । ३।४ हजार खोज्न श्रीमानलाई गाउँ पठाएँ, तर कसैले पत्यााएनन् । उल्टै बचन लाए । श्रीमान रुँदै रित्तो हात काठमाण्डौ फर्कनुभयो । गाउँमा ४ हजार पैसा माग्दा गाउँलेले लाएको बचन सहन नसकेर श्रीमानले हस्पिटलमै विष सेवन गर्न खोज्नु भएको रहेछ, तर अरु मान्छेले थाहा पाएपछी उहाँसँग भएको विष खोसियो । धन्न पती त बाँच्नुभयो, तर बिरामी छोरालाई बचाउन सकिएन । मैले दोष आफ्नै कर्मलाई दिएँ । छोरा गुमाएको भारी र पीडायुक्त हृदय लिएर हामी पुनः गाउँ फर्कियौँ । श्रीमानलाई हरेस नखान भन्दै मैले सम्झाएँ । त्यसपछि पनि परिवारबाट हामी अपहेलित भई नै रह्यौँ । अन्ततः हामीले परिवारबाट छुट्टिने निधो गर्यौँ । जसअनुसार अंशको नाममा एउटा सिलाई मेसिन भागमा आयो । त्यो लिएर छोरा/छोरी काखी च्यापी तामाघाट बजारमा कोठा लिई बस्न थाल्यौँ ।

सोही क्रममा मेरो माइती चन्द्रनिगाहपुरको एकजना तरकारी व्यापार गर्ने दिदीसँग माईत जाँदा भेट भयो । उहाँलाई मेरो दुःख देखेर साह्रै दया लागेछ । ‘छिमेक लघुवित्त बैंकमा बस न । तिम्रो गाउँमा छैन छिमेक बैंक, गर्न सके यसबाट धेरै फाइदा लिन सकिन्छ ।’ भन्ने सुझाव दिनुभयो । त्यसपछी घर फर्केर पाँचखाल छिमेक लघुवित्त विकास बैंक सोध्दै कार्यालयमा पुगेँ । ढुंगा खोज्दा देउता मिलेझैँ भयो । त्यहाँको कर्मचारीले गाउँका १५ जना महिलालाई जम्मा गर्न सल्लाह दिनुभयो । सुरुमा दुःखका साथ केही दिदीबहिनी जम्मा गरी ७ दिनको तालिम लिइयो । त्यसपछि २०६५ साल साउन १० गते सोही बैंकको सदस्य भएँ ।

आफ्नो हातमा सीप भएपछि हामी श्रीमान÷श्रीमती मिलेर बजारमा सिलाई व्यवसाय गर्ने निधो गर्यौँ । पहिलो पटक छिमेक लघुवित्त बैंकबाट १० हजार रुपैयाँ कर्जा लिएर सिलाई मेसिन खरिद गरी व्यवसाय गर्न सुरु गरियो । सिलाई व्यवसाय पनि राम्रै चल्न थाल्यो । त्यसपछि बालबच्चाको पढाई लेखाईका लागि खर्च गर्न पनि हामीले समस्या पर्न छाड्यो । छिमेक लघुवित्तबाट गाउँका अन्य दिदीबहिनीहरुको पनि हौसला पाउँदै गएँ । पुनः २०६६ साल आसारमा २० हजार रुपैयाँ कर्जा लिई सोही व्यवसायमा लगानी बढाएँ । यसबाट बजारमा सबैसँग घुलमिल भइयो । जसले गर्दा मेरो व्यवसाय झन् बढ्दै गयो र अझ लगानी बढाउने हौसला मिल्यो । पुनः अनुशासन कर्जा ३३ हजार रुपैयाँ थप गरी कपडा समेत राख्न थालेँ । यसरी पटकरपटक कर्जा लिँदै किस्ता तिर्दै कपडा तथा मेसिन थप्दै गरेँ । 

हाल पसलमा ३ जना अन्य व्यक्तिलाई समेत काम दिएकी छु । छोरारछोरीलाई बोर्डिङमा पढाएकी छुँ । दैनिक कम्तीमा २० हजार रुपैयाँ बराबरको ब्यापार हुन्छ । पसलमा हाल २५ लाख बराबरको सामान छ । यही व्यवसायबाट कमाई गरी हाल १७ लाख ५० हजार रुपैयाँ बराबरको एउटा घडेरी समेत बजारमा किनेकी छु । व्यवसायलाई अझ व्यवस्थित गर्न धितो राखेर हाल यही बैंकबाट ५ लाख कर्जा लिई थप लगानी गरेकी छु । यतिमात्र हैन पहिले गाउँघरमा ३÷४ हजार नपत्याउनेलाई सर–सापट चलाई ‘वैगुनीलाई गुनको पैंचो’ तिरेकी छु । घर परिवार तथा छिमेकीबाट सम्मान पाउँदा खुसिले गदगद भएकी छु ।

अब भने तामाघाटमा पक्की घर निर्माण गर्ने, बाँकी ३ छोरारछोरीलाई उच्च शिक्षा दिलाउने र छोरीको अध्ययनका लागि जापान जाने इच्छा पुरा गर्ने सोच छ । मलाई हिजो दुःखको अवस्थादेखि आजको यो अवस्थामा ल्याउन छिमेक लघुवित्त विकास बैंक तथा त्यहाँका कर्मचारीले लाएको गुन यो जुनीमा भुल्ने छैन । म कुनै अन्य संस्थाको सदस्यमा नभएको कारण छिमेकी लघुवित्त बैंकको गोल्डेन सदस्यमा परी आफ्नो आवश्यकता अनुसार कर्जा सुविधा र आकस्मिक तथा स्पेशल कार्ड समेत पाएकी छु । यसकारण यो बैंक कहिल्यै नछोड्ने वाचा गर्दै अन्य दिदीबहिनीलाई समेत आफुले लिएको कर्जा सही सदुपयोग गरी लगनशील एवम् परिश्रमी बन्नुहोस् भन्न चाहन्छु । साथै दुःखमा नआत्तिन र सुखमा नमात्तिन सल्लाह दिन्छु । अन्तमा छिमेक लघुवित्त विकास बैंकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]