June 18th, 2017

सप्तकोसीको हकप्रद भर्न असार १३ भित्र सेयर किनिसक्नुपर्ने

गत जेठ ३० गते हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको सप्तकोसी डेभलपमेन्ट बैंकले बुक क्लोजको मिति तय गरेकोछ । बैंकको असार २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि असार १४ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, असार १३ गतेसम्म कायम सेयरधनीले मात्रै सप्तकोशीले निष्काशनको गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् । 

बैंकले एक बराबर एक दशमलव तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको छ । जसअनुसार, बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड ४३ रुपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

हाल सप्तकोसीको चुक्तापुँजी २१ करोड १० लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]