June 29th, 2017

सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद असार ३० गतेदखि

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले यही असार ३० गतेदेखि एक बराबर एक दशमलव तीनको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गर्ने भएको छ । भदौ १ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड ४३ लाख रुपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालयसहित सप्तकोशी डेभलपमेन्ट बैंकका शाखा कार्यालय विराटनगर, सौठा, इलाम फिदिम, हर्केट, गछिया, रङ्गेली र उर्लाबारीबाट आवेदन दिन सक्नेछन् । साथमा एनएमबि बैंक लिमिटेडका शाखा कार्यलयहरुबाट पनि उक्त हकप्रद सेयर खरीद तथा आवेदन बुझाउन सकिने बताइएको छ ।

हाल सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्तापुँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन तथा बाँडफाँट पछि बैंकको चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]