April 23rd, 2017

सनी सेक्यूरिटिजको शाखा चितवनको शहिदचोकमा

काठमाडौँको जमलमा रहेको सेयर दलाल नं. ४२ को सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले चितवनस्थित नारायणगढको शहिदचोकमा आफ्नो पहिलो शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुदघाटन नेपाल स्टक एक्सचेन्ज लि. का प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाले गरे । 

कार्यक्रम उदघाटनपूर्व थपलियाले लगानीकर्ताहरुसँग अन्तरक्रिया गर्दै पुँजी बजारसम्बन्धी जिज्ञासाहरुको बारेमा जानकारी समेत दिएका थिए । कार्यक्रममा हाथवे ईन्भेष्टमेण्ट नेपाल लि. का प्रवन्ध निर्देशक अम्विका प्रसाद पौडेलकोको पनि विशेष उपस्थिति रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]