December 19th, 2017

सनराइज बैंकको १५ प्रतिशत बोनस सेयर पारित, चुक्तापुँजी आठ अर्बमाथि

सनराइज बैंक लिमिटेडका सेयरधनीले १५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको सोमबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले गत वर्षको मुनाफा एवं अन्य जगेडा कोषहरु तथा बैंकले जारी गरेको हकप्रद सेयर बिक्री नभएको ७,१०,७४३ कित्ता सेयरलाई लिलाम बिक्री गरी बाँडफाँड गरिएको सेयर समेतलाई गरी सेयरधनीहरुलाई एक अर्ब छ करोड ३३ लाख ७६ हजार आठ सय ५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ । यससँगै बैंकको चुक्तापुँजी आठ अर्ब नाघेको छ । 

उक्त साधारणसभाले सनराइज बैंक तथा बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लिमिटेडको २०७४ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७३/७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाहसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरेको छ । साथै,निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक सेयरधनी समुह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।

बैंकको हाल शाखाहरुको संख्या ७० र ए.टि.एम.को संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २९ शाखाहरु र उपत्यका बाहिर ४१ शाखाहरु रहेका छन् । बैंकले सन्राइज सेफ डिपोजिट लकर सुविधा, भिसाडेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिट्यान्स, सन्राइज माइक्रो बैंकिङ्ग लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]