June 7th, 2017

सञ्चालनको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सले पनि माग्यो कर्मचारी

सञ्चालनको अनुमति पाएर व्यवसाय सुरु गर्ने तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले दुई जना एसिस्टेन्ट जनरल मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि केही संख्यामा सिनियर मेनेजर, मेनेजर, डेपुटी मेनेजर तथा एसिस्टेन्ट मेनेजर, केही संख्यामा ब्रान्च मेनेजजर, विभिन्न डिपार्टमेन्टका लागि केही संख्यामा सिनियर अफिसर, अफिसर तथा जुनियर अफिसर, एक जना अफिस सेक्रेटरी, केही संख्यामा सिनियर एसिस्टेन्ट तथा एसिस्टेन्ट र केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको हो । 

एसिस्टेन्ट जनरल मेनेजरका लागि स्नातकोत्तर गरेको र बैंकिङ क्षेत्रमा कम्तीमा छ वर्ष व्यवस्थापकीय तहमा रहेर काम गरेको हनुनपर्नेछ । विभिन्न डिपार्टमेन्ट मेनेजरका लागि कम्तीमा स्नातक गरेको र व्यवस्थापकीय तहमा नै रहेर बैंकिङ क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको हुनपर्नेछ । त्यस्तै, ब्रान्च मेनेजरका लागि कम्तीमा स्नातक गरेको र बीमा तथा बैंकिङ क्षेत्रमा चार वर्ष काम गरेका हुनुपर्नेछ । 

विभिन्न डिपार्टमेन्टमा अफिसर बन्नका लागि कम्तीमा स्नातक गरी बीमा तथा बैंकिङ क्षेत्रमा तीन् वर्ष काम गरेको हनुपर्नेछ । सेक्रेटरीका लागि सोही पदमा रहेर एक वर्ष काम गरेको अनुभव र स्नातक उतीर्ण कर्मचारी माग गरिएको छ । त्यस्तै, सिनियर एसिस्टेन्ट तथा एसिस्टेन्टका लागि स्नातक उतीर्ण गरी कम्तीमा एक वर्ष बीमा तथा बैंकिङ क्षेत्रमा काम गरेको हुनुपर्नेछ भने जुनियर एसिस्टेन्ट बन्नका लागि प्रविणता तह उतीर्ण गरेको हुनुपर्नेछ । अनुभव नभएकाले पनि यो पदमा एप्लाई गर्न पाउनेछन् । 

यसबाहेक, सबै पदका लागि नेपाली नागरिक हुनु अनिवार्य रहेको छ । उमेरको हकमा एसिस्टेन्ट जनरल मेनेजर ४५ वर्ष, मेनेजरहरु ४० वर्ष र बाँकी ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई १८ जुनभित्र वायोडाटा, पासपोर्ट साइजको फोटो र निवेदन कम्पनीको इमेल ठेगाना [email protected] मा पठाउन आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]