February 9th, 2018

सगरमाथा इन्स्योरेन्सद्धारा भुकम्पको सबैभन्दा ठूलो दाबी भुक्तानी

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बि. स. २०७२ सालमा गएको भुकम्पबाट भएको क्षतिको कारणबाट परेका दाबीहरुमध्ये सबैभन्दा ठूलो दाबीको भुक्तानी गरेको छ । काठमाण्डौंको धापासीमा रहेको बरुण डेभलपर्सद्वारा निर्माण गरिएको पार्क होराइजन एपार्टमेण्टको क्षति संबन्धी दाबीको रु.३१ करोड भुक्तानी गरेको छ । भुकम्पबाट भएको क्षतिको कारणबाट  परेका दाबीहरु मध्ये कम्पनीबाट कुनै एक बिमालेखमा गरिएको यो नै सबैभन्दा ठुलो रकमको दाबी भुक्तानी हो । योसँगै कम्पनीले भुकम्पको समयमा परेका करिब २८ सय दाबीहरु फर्छ्योट गरेको छ । 

कम्पनीले रु.१ करोडभन्दा माथीका २५ वटा दाबीहरुको  भुक्तानी गरेको छ । जसमा वेस्टार प्रपर्टिज प्रा. लि. लाई १९ करोड ७६ लाख ५ हजार, सांग्रिला हाउजिङ्ग प्रा. लि. लाई ६ करोड ८७ लाख ७८ हजार,  युनिक हाईडेल कम्पनीलाई ५ करोड ९६ लाख २६ हजार, कृष्णबहादुर गुरुङलाई ५ करोड ५५ लाख ६६ हजार र बज्र एण्ड साँग्रिला रेसिडेन्सी प्रा.लिलाई ५ करोड भुक्तानी गरेको हो । 

त्यसैगरी रोयल आर्किड डेभलपर्स प्रा.लि. ४ करोड ८७ लाख ६४ हजार, कान्तिपुर पब्लिकेशन प्रा. लि. लाई ३ करोड ३१ हजार, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई २ करोड ५ लाख ४८ हजार र कोङ्गदी होटललाई २ करोड भुक्तानी गरेको हो । 

त्यसैगरी हिमालयन डिकोर रग्सलाई १ करोड ९९ लाख ९९,  पवन फुँयाललाई १ करोड ८९ लाख ९९ हजार, शेर्पा साँग्रिला रिसोर्टलाई १ करोड ८० लाख, सिभिल स्टेट प्रालि.लाई १ करोड ६० लाख,  सिभिल बिजनेश कम्प्लेक्स प्रालिलाई १ करोड ५९ लाख ५० हजार, ट्रान्सट्रिप गार्मेन्ट इन्डष्ट्रिज प्रालि. १ करोड ५० लाख, बैंक अफ काठमाण्डूलाई १ करोड १८ लाख ५८ हजार,  बरुण बेभरेज नेपाललाई १ करोड १७ लाख ८५ हजार, प्लाटिनम डेभलपर्सलाई १ करोड १५ लाख ३१ हजार, निमा मोक्तान र कान्छिनानी तामाङनीलाई  १ करोड १३ लाख ५० हजार, दिपज्योति शैक्षिक प्रष्ठिानलाई १ करोड ९ लाख ७४ हजार र जगत लाल शाहीलाई १ करोड ४ लाख २१ हजार भुक्तानी गरेको हो । 

 त्यसैगरी कम्पनीले सह बीमा अन्तर्गत अन्य कम्पनीबाट पर्न आएका दाबीहरुमध्ये हिमालयन जनरल इन्स्योरेन्स सँगको (डाउन टाउन हाउजिङ) लाई २ करोड ३६ लाख ११ हजार र नेको इन्स्योरेन्ससँगको (अश्विनि मेडिकल कलेज एण्ड हस्पिटल) लाई १ करोड ८३ लाख ६२ हजार हजार दाबी भुक्तानी गरेको छ । 

 यी लगायत अन्य ससाना दाबीहरुको भुक्तानीसहित उक्त भुकम्पबाट श्रृजित दाबीहरुको भुक्तानीमा कम्पनीले हालसम्म करिब एक अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]