May 23rd, 2017

संस्थापक सेयरधनीका लागि खुल्यो उन्नति माइक्रोफाइनान्सको २५ प्रतिशत हकप्रद

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीका लागि ७७ हजार कित्ता हकप्रद सेयर निष्काशन सुरु गरेको छ । मंगलबार (जेठ ९ गते)देखि निष्काशन सुरु भएको उक्त सेयरमा १२ गतेसम्म आवेदन दिन पाइनेछ ।

उन्नतिले दोस्रो साधारणसभाबाट पारित भएबमोजिम हाल कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा संस्थापक सेयरधनीहरुका लागि हकप्रद सेयर जारी गर्ने बताएको छ । तीन करोड आठ लाख रुपैयाँ चुक्तापुँजी भएको माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित दरमा ७७ लाख रुपैयाँ बराबरको हकप्रद संस्थापक सेयर गर्नेछ । 

आवेदकहरुले कम्पनीको केन्द्रीय कार्यालय रुपन्देहीमा आवेदन प्राप्त र बुझाउन सक्नेछन् । हकप्रद सेयरको रकम प्राइम कमर्शियल बैङ्क, सिद्धार्थ डेभलपमेण्ट बैङ्क, नेपाल बङ्गलादेश बैङ्क, पूर्णिमा विकास बैङ्क, इन्नोभेटिभ डेभलपमेण्ट बैङ्क भैरहवाको शाखा कार्यालयमा बुझाउन सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]