January 16th, 2017

संसारकै टप १० धनाढ्यहरुहरुको सफलताको कहानी (हेर्नुस् विस्तृतमा)

आज हामी यस्तो युगमा छौँ, जहाँ मानिसहरुको सफलताको मापन उनीहरुसँग भएको पैसा अर्थात सम्पत्तिको आधारमा गर्ने गरिन्छ । तर, वास्तवमा सफलता भनेको वर्षौँको मिहिनेत र तपस्याको प्रतिफल हो । यस्तै मिहिनेत र तपस्याका कारण आज संसारकै धनी भने चिनिने १० व्यक्तिहरुको बारेमा बैंकिङ खबर डट कमका लागि सहकर्मी रुपा कोइरालाले तयार पारेको सामग्री यहाँ प्रस्तुत गरिन्छ : 

१.बिल गेट्स
bill-gatesमाइक्रोसफ्टका फाउन्डर ६१ वर्षिय बिल गेट्ससँग ७५ विलियन अमेरिकी डलर सम्पत्ति छ । बिल एण्ड मेलिन्डा फाउन्डेसनका समेत फाउन्डर रहेका उनी उद्योग, प्रोग्रामिङ, सामाजिक अभियान लगायत थुप्रै क्षेत्रसँग सम्बन्धित छन् । सन् २००० मा माइक्रोसफ्टका सीईओ समेत भएर काम गरेका गेट्ले २००८ मा अध्यक्षको रुपमा काम गरे । हाल भने उनले आफ्नो सम्पूर्ण समय बिल एन्ड मेलिन्डा फाउन्डेसनलाई दिने गरेका छन् । साथमा उनी माइक्रोसफ्टका वर्तमान सीईओ सत्य नडेल्लाका प्राविधिक सल्लाहकारको रुपमा काम गर्दै आएको छन् । २८ अक्टोबर १९५५ मा जन्मिएका उनी हार्डभर्ड युनिभर्सिटीबाट निकालिएका थिए । सन् १९९४ मा मेलिन्डा गेट्ससँग विवाह गरेका गेट्सका तीन सन्तान छन् । 

२.अमेन्सीया ओर्टेगा 
Amancio Ortega during CSI Montecarlo 2012 on June 28, 2012.विश्वव्यापी ब्राण्ड जाराका लागि प्रख्यात फेसन ग्रुप इन्डिटेक्सका अध्यक्ष तथा फाउन्डर अमेन्सीया ओर्टेगा ६७ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनी ८० वर्षिय स्पेनीस नागरिक तथा विजनेसम्यान हुन् । २८ मार्च १९३६ मा जन्मिएका ओर्टेगाले सन् १९६६ मा रोसालिया मेरासँग विवाह गरेका थिए । सन् १९८६ मा उनीहरुको सम्बन्ध टुट्यो । २००१ मा उनले फ्लो पेरेजसँग विवाह गरे । ओर्टेगाका तीन सन्तान छन् । उनका पिता रेलवेमा काम गर्थे । सानै उमेरमा उनले सर्ट बनाउने ठाउँमा काम गरे र त्यहाँबाट काम सिके । १४ वर्षको उमेरमा नै उनले पढाई छोडेका थिए ।

३. वारेन एडवार्ड बफेट
warren-buffetसंसारकै सबैभन्दा सफल लगानीकर्ता वारेन बफेट पनि एक विजनेसम्यान र सामाजिक अभियान्ता हुन् । उनी ६०.८ विलियन अमेरिकी बराबरको सम्पत्तिका मालिक हुन् । ८६ वर्षिय उनी अमेरीकाको मल्टिनेशनल कम्पनी बर्कशायर हाथवेका सीईओ तथा सबैभन्दा ठूलो सेयरधनी हुन् । उनी ओमाहाका तान्त्रिक, ओमाहाका सन्त लगायत उपनामले समेत चिनिन्छन् । उनीसँग भएको सम्पत्तिको भन्दा पनि उनको लगानीसम्बन्धि कौशलता बढी चर्चा हुने गरेको छ । उनका पिता सेयर ब्रोकर थिए । ३० अगस्ट १९३० मा जन्मिएका बफेटले युनिभर्सिटी अफ नेब्रास्का लिङकनबाट आट्र्स र साइन्समा ब्याचलर गरेका छन् भने कोलम्बिया युनिभर्सिटीबाट साइन्समा मास्टर्स गरेका छन् । सन् १९५२ मा बफेटले सुजेन बफेटसँग विवाह गरेका थिए । सन् २००४ मा उनको मृत्यु भएपछि उनले सन् २००६ मा एस्ट्रिड मेन्स्कसँग विवाह गरे । वारेन बफेटका तीन सन्तान छन् ।  

४. कार्लोस स्लिम हेलु
CARLOS SLIMकार्लोस स्लिम हेलु मेक्सीकन विजनेसम्यान, लगानीकर्ता र सामाजिक अभियान्ता हुन् । फोब्र्सको तथ्यांकअनुसार उनीसँग ५० विलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । ७६ वर्षका स्लिमले मेक्सिकोका थुप्रै कम्पनीमा लगानी गरेका छन् । उनी मेक्सिकोका वारेन बफेट नामले समेत चिनिन्छन् । सन् २०१० देखि २०१३ सम्म उनी संसारकै सबैभन्दा धनी व्यक्ति थिए । २८ जनवरी १९४० मा जन्मिएका उनले नेशनल अटोनोमस युनिभर्सिटी अफ मेक्सिकोबाट आट्र्समा ब्याचलर गरेका छन् । सन् १९६७ मा सौम्या डोमिट जिमायलसँग विवाह गरेका स्लिमका छ सन्तान छन् । सन् १९९९ मा उनी पत्नीको मृत्यु भएको थियो । 

५. जेफ बेजोस
jeff-bezosसंसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अमेजनका संस्थापक अध्यक्ष र सबैभन्दा ठूलो सेयरधनी हुन् । उनी अमेकीकाका प्राविधिक उद्योगी तथा लगानीकर्ता हुन् । उनी ४५.२ विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनको विजनेस रुची एरोस्पेस र पत्रपत्रिकातिर पनि छ । उनी एरोस्पेस निर्माण तथा विकास कम्पनी ब्लु वरिजिनका संस्थापक तथा मालिक हुन् । सन् २००० मा स्थापना गरिएको यो कम्पनीले २०१५ को सुरुवातमा अन्तरिक्षमा परीक्षण उडान गरेको थियो । उनले सन् २०१३ मा द वासिङटन पोष्ट पनि खरिद गरेका थिए । १२ जनवरी १९६४ मा जन्मिएका बेजोसले प्रिन्सटन युनिभर्सिटीबाट साइन्स र आर्टर्समा ब्याचलर गरेका छन् । सन् १९९३ मा म्याक्केन्जी बेजोसँग विवाह गरेका उनका चार सन्तान छन् । 

६. मार्क जुकरवर्ग 
mark-zuckerbergमार्क जुकरवर्ग संसारकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक तथा सीईओ हुन् । फेब्र्सका अनुसार उनी ४४.६ विलियन अमेरिकरी डलर बराबरको सम्पत्तिका मालिक हुन् । ३२ वषर्य जुकरवर्ग अमेरिकी प्रोग्रामर, इन्टरनेट व्यवसायी तथा सामाजिक अभियान्ता हुन् । हारभर्डमा कलेजको एउटा प्रयोगात्मक कोठाबाट उनले फेसबुक पत्ता लगाएका थिए, जसले छोटो समयमा नै उनलाई विश्वप्रख्यात बनायो । १४ मे १९८४ मा जन्मिएका जुकरवर्ग हार्डभर्ड युनिभर्सिटीबाट निकालिएका थिए । सन् २०१२ मा प्रिस्सिला चानसँग विवाह गरेका जुकरवर्गका एउटी छोरी छिन् । 

७. ल्यारी एलिसन
166546592MK042_The_Israeli_अमेरीकी विजनेसम्यान ल्यारी एलिसन ओर्याकल कर्पोरेसनका सहसंस्थापक हुन् । सेप्टेम्बर २०१४सम्म उनी यस कर्पोरेसनका सीईओ थिए । हाल ओर्याकलमा कार्यकारी अध्यक्ष तथा प्राविधिक अधिकृतको जिम्मेवारी सम्हालिरहेका एलिसन ४३.६ विलियन अमेरिकरी डलर बराबरको सम्पत्तिका मालिक हुन् । ७२ वर्षिय एलिसनले आफ्नो सम्पत्तिको एक प्रतिशत हिस्सा दान गर्न द गिभिङ प्लेज नामक संस्थासँग सम्झौता गरेका छन् । १७ अगस्ट १९४४ मा जन्मिएका एलिसन युनिभर्सिटी अफ सिकागो र युनिभर्सिटी अफ इलियन्सबाट निकालिएका थिए । उनले चार वटा विवाह गरेकोमा चार वटै विवाह असफल भएपछि हाल उनी एक्लै छन् । पछिल्लो पटक उनले सन् २००३ मा मेलेनी क्राफ्टसँग विवाह गरेका थिए । उनीसँग सन् २०१० मा डिभोर्स भएको थियो । एलिसन दुई सन्तानका पिता हुन् । 

८. मिचेल रुबिन्स ब्लुमबर्ग
michael_bloomberg

माइक नामले परिचित अमेरिकी विजनेसम्यान, राजनेता तथा सामाजिक अभियान्ता मिचेल रुबिन्स ब्लुमबर्ग ४० विलियन अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन् । उनी फाइनान्सियल डाटा तथा मिडिया कम्पनी ब्लुमबर्ग एलपीका संस्थापक तथा मालिक हुन् । माइकले सन् २००० मा डाइना टेलरसँग विवाह गरे । उनका दुई सन्तान पनि छन् । १४ फेब्रुअरी १९४२ मा जन्मेका उनले जोन हप्किन्स युनिभर्सिटीबाट आट्र्स र साइन्समा ब्याचलर गरेका छन् भने हार्भर्ड विजनेस स्कुलबाट विजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स गरेका छन् ।  

९. चाल्र्स कोच
charles-coch३९.६ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति भएका चाल्र्स कोच अमेरिकी मूलका विजनेसम्यान, राजनीतिक दाता तथा सामाजिक अभियान्ता हुन् । उनी कोच इन्डस्ट्रीजका सहसंस्थापक, सञ्चालक समितिका अध्यक्ष तथा कार्यकारी अधिकृत समेत हुन् । चाल्र्स कोचका पिता फ्रेडले सन् १९४० मा ग्यास र तेल प्रशोधन गर्ने कम्पनी खोलेका थिए । सन् १९६७ मा पिताको देहान्तपछि उक्त कम्पनीको सीईओ तथा अध्यक्षको रुपमा उनले जिम्मेवारी सम्हाले र कम्पनीलाई कोच इन्डस्ट्रीजको रुपमा विस्तार गरे । १९७२ मा उनले लिज कोचसँग विवाह गरे । उनका दुई सन्तान पनि छन् । १ नोभेम्भर १९३५ मा जन्मेका उनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट आट्र्स र साइन्समा ब्याचलर गरेका छन् भने साइन्समा मास्टर्स समेत गरेका छन् । 

१०. डेभिड ह्यामिल्टन कोच
david-kochडेभिड ह्यामिल्टन कोच चाल्र्स कोचका भाइ हुन् । उनी कोच इन्डस्ट्रीजमा कार्यकारी सहअध्यक्ष छन् । उनीसँग पनि ३९.६ विलियन अमेरिकी डलर बराबरको सम्पत्ति छ । ३ मे, १९४० मा जन्मेका उनी अमेरिकी विजनेसम्यान, सामाजिक अभियान्ता, राजनीतिज्ञका साधै रसायनिक इन्जिनियर समेत हुन् । सन् १९९६ मा जुलिया मारग्यारेट फ्लेसरसँग वैवाहिक बन्धनमा बाँधिएका उनका तीन सन्तान छन् । उनले पनि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट आट्र्स र साइन्समा ब्याचलर र सोही इन्स्टिच्युटबाट साइन्समा मास्टर्स गरेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]