January 10th, 2018

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको हकप्रद सेयर माघ १५ गतेदेखि

बैंकिङ खबर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले माघ १५ गतेदेखि १० बराबर आठ दशमलव तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फागुन २० गतेसम्म निष्काशन खुला रहने सेयरमा पुस २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

कम्पनीले एक सय रुपैंयाँ अंकित दरमा २८ करोड ६८ लाख २२ हजार पाँच सय रुपैयाँ बराबरको २८ लाख ६८ हजार दुई सय २५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आस्वा सेवा दिने सबै बैंक्बाट हकप्रद खरिदका लागि आवेदन दिन सकिन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]