September 29th, 2016

शैक्षिक कर्जामा उदार देखिएका ‘तीन बैंकहरु’

educational-loanचालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने सरकारको घोषणा कार्यान्वयन हुन नसक्ने बैंकहरुले नै बताईरहेका बेला केही बैंकले भने सो योजना कार्यान्वयन गर्न थालेका छन् । नीति तथा कार्यक्रम अनुसार सरकारले बजेटमा पनि उच्च शिक्षा अध्ययनका लागि बैंकबाट ऋण मिलाउने घोषणालाई निरन्तरता दिएको थियो । तर बैंकहरुले यस्तो ऋण दिन नसकिने बताइरहेका बेला एनएमबी बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नयाँ कार्यक्रम सुरु गरेका छन् ।

nb-bankबुधबारमात्रै नेपाल बंगलादेश बैंकले चाटर्ड एकाउन्टेन्ट बढ्ने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने व्यवस्था मिलाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले यो योजना सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । बैंकका सीइओ ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)का अध्यक्ष महेश खनालले विद्यार्थीरुलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी समझादारीपत्रमा हस्ताक्षर गरेका छन् । यस कर्जा योजनाले सीए पढेने विद्यार्थीहरुलाई आफ्नो शैक्षिक गतिविधि सहजताका साथ सम्पन्न गर्न सहयो हुने आइक्यानका उपाध्यक्ष खनालले बताए । सम्झौताअनुसार आइक्यानले सञ्चालन गर्ने सीए शिक्षाको अन्तिम तहमा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनको क्रममा सहुलियत दरमा ३ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपलब्ध गराइने छ । उक्त कर्जा लिनका लागि विद्यार्थीले सीएकै मध्यम तह उत्तिर्ण गरेको प्रमाणपत्र धितो राख्नुपर्ने छ ।

nmb-bankयसअघि साउन अन्तिम साता एनएमबी बैंकले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रमाणपत्र धितो राखेर शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बनधी सम्झौतामा हस्ताक्षर गरिसकेको छ । हिमालय कलेजमा इन्जिनियरिङमा स्नातक अध्ययन गर्न चाहने जेहेन्दार विद्यार्थीले शैक्षिक शुल्कको ४० देखि ८० प्रतिशत सहुलियतपूर्ण कर्जा पाउने भएका हुन् । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिने विद्यार्थीले आफ्नो अवस्थाअनुसार ५ देखि ८ प्रतिशत ब्याज बुझाउनुपर्नेछ ।

prabhuयस्तै प्रभु बैंक लिमिटेडले पनि कालीमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरिसकेको छ । काठमाडौं इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउन बैंक र कलेजबीच भदौ पहिलो साता सम्झौता भईसकेको छ । सम्झौताबमोजिम काठमाडौ इन्जिनियरिङ कलेजमा इन्जिनियरिङसंकायअन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जा उपभोग गर्न चाहने विद्यार्थीले आप्mनो एसएलसीदेखिका सबै सक्कल शैक्षिक प्रमाणपत्र बैंकमा बुझाउनुपर्नेछ । कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिकाअनुसार चार वर्ष्भित्र चुक्ता गरी विद्यार्थीले प्रमाणपत्र फिर्ता लैजान सक्ने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]