April 18th, 2016

शेयर धितोमा बैँक तथा वित्तिय संस्थाहरुको लगानी न्यून, बढी केमा ?

Office objectsनेपाल राष्ट्र बैँकले चालु आर्थिक बर्षको माघ मसान्तसम्मको अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतले घरजग्गा क्षेत्रमा २ सय २० अर्व ७६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म घरजग्गा क्षेत्रमा लगानी गर्न पाउने प्रावधान रहेकोमा बैंकहरुले पछिल्लो समय कुल कर्जाको १५ दशमलव १ प्रतिशत मात्र घरजग्गा कर्जा प्रवाह गरेका हुन् । राष्ट्र बैँकका अनुसार, चालु आवको माघ मसान्तसम्म प्रवाह भएको रियलस्टेट कर्जामा प्रतिग्राहक १ करोड रुपैयाँको आवासीय कर्जासमेत समावेश छ । 

सेयर धितोमा भने २०७२ माघ मसान्तमा बैंक तथा फाइनान्स कम्पनीहरुले २६ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जाको १ दशमलव ८ प्रतिशत मात्र हो । बैंक तथा फाइनान्स कम्पनीहरुले कर्जा निक्षेप स्वदेशी निक्षेप र प्राथमिक पुँजीसहित अनुपात ८० प्रतिशत नाघ्न नहुने व्यवस्था रहेकोमा २०७२ माघमा यस्तो अनुपात वाणिज्य बैंकहरुको ७२ दशमलव २२ प्रतिशत, विकास बैंकहरुको ६९ दशमलव ६३ प्रतिशत तथा फाइनान्स कम्पनीहरुको ७१ दशमलव ४५ प्रतिशत रहेको छ । यसबाट बैंक तथा फाइनान्स कम्पनीहरुले थप कर्जा प्रवाह गर्न सक्ने स्थिति रहेको देखिने राष्ट्र बैँकको भनाइ छ । 

राष्ट्र बैंकका अनुसार वाणिय बैंकहरुले जोखिम भारित सम्पतिको १० प्रतिशत र विकास बैंक एवम् वित्त कम्पनीहरुले ११ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा ०७२ माघ मसान्तमा यस्तो अनुपात वाणिज्य बैंकहरुको ११ दशमलव ७८ प्रतिशत, विकास बैंकहरुको १५ दशमलव १५ प्रतिशत र फाइनान्स कम्पनीहरुको २१ दशमलव २२ प्रतिशत रहेको छ । बैंक तथा फाइनान्स कम्पनीहरुले कायम गर्नुपर्ने न्यूनतम् पुँजीकोषमा थप एक प्रतिशत वा सो भन्दा बढी कायम रहेको अवस्थामा मात्रै नगद लाभांश वितरण गर्न पाउने व्यवस्था रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]