March 17th, 2016

वीमाले उकाल्दै शेयर बजार, साताको अन्तिम दिन ९२ करोडमाथिको कारोबार

economicसाताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ९२ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय २३ वटा कम्पनिको १९ लाख ७० हजार ९ सय ५३ कित्ता शेयर ४ हजार ४३ पटक खरिदविक्रि हुँदा ९२ करोड ६२ लाख २६ हजार ४ सय ८८ रुपैँयाको कारोबार भएको हो । नेप्से परिसूचक पनि विहिबार १०.७६ अंकले बढेर १३२६.५३ अंकको नयाँ उचाईमा पुगेको छ ।

नेशनल हाइड्रो पावरको सबैभन्दा धेरै ८ करोड ४५ लाख ३७ हजार ३ सय ४ रुपैँयाको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैँकको प्रोमोटर शेयर र नेपाल बैँकको ७ करोडमाथिको कारोबार भएको छ । नेपाल बंगलादेश बैँकको ५ करोडमाथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ४ करोडमाथिको शेयर कारोबार भएको छ । सिद्धार्थ इन्स्यारेन्स र नेशनल लाइफ इन्स्यारेन्सको ३ करोडमाथिको कारोबार भएको छ भने एनटीसीको २ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैँक र हिमालयन इन्स्यारेन्सको १ करोडमाथिको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्से तथ्यांकका अनुसार, विहिबार सिनर्जी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.७३ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । नेशनल हाइड्रोपावर, बरुण हाइड्रोपावर, मिसन डेभलपमेन्ट बैँक लगायतले पनि धेरै कमाएका छन् । सेती फाइनान्सका लगानीर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, धेरै गुमाउने अन्य कम्पनिहरुमा सेन्ट्रल फाइनान्स, सहयोगी विकास बैँक प्रोमोटर शेयर, प्रोफेसनल दियोलो विकास बैँक लगायत रहेका छन् । 

विहिबार होटलबाहेक सबै समूह उकालो लागेको छन् । होटल समूह ५.६१ अंकले घटेको छ । सबैभन्दा धेरै वीमा समूहको शेयर १८१.०२ अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत्, वाणिज्य बैँक, फाइनान्स, विकास बैँक र अन्य समूह क्रमशः २१.९२, ६.२३, ५.४६, २.६९ र २.३५ अंकले बढेका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]