August 29th, 2016

विश्वप्रसिद्ध स्टिभ अवार्डबाट सम्मानित भयो मेटलाइफ

metlifeविश्वव्यापी बीमा प्रदायक कम्पनी मेटलाइफ दुई स्टिभ अवार्डबाट सम्मानित भएको छ । कम्पनीले १३ औँ एनुअल इन्टरनेशनल विजनेस अवार्डको २ वटा विधाका लागि सम्मान पाएको हो । स्वस्थ र सुन्दर जीवनका लागि एसियाका महिलाहरुलाई सहयोग गरेकोमा कम्पनी बेस्ट न्यू प्रोडक्ट अर सर्भिस अफ द इयरको गोल्ड स्टिभ विनर बन्न सफल भएको छ भने  मस्ट इनोभेटिभ कम्पनी अफ द इयर इन एसिया, अष्ट्रेलिया एण्ड न्यजिल्याडको ब्रोन्ज स्टिभ विनर बन्न सफल भएको छ । द इन्टरनेशनल विजनेस अवार्ड विश्वकै सबैभन्दा ठूलो विजनेस अवार्ड कार्यक्रम हो । मेटलाइफले विश्वका झन्डै ५० मुलुकका १ सय मिलियन ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
  


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]