February 2nd, 2016

विमामा शिक्षाको अभाव, ‘विमा गर्नेहरुको सोँच २० वर्ष पहिलेको छ’

हालै गएको भुकम्पले अरबौंको भौतिक संरचनामा नोक्सानी भयो । यो क्षति बिबरण जतिसुकै धेरै भएपनि विमा शिक्षाको अभावमा थोरै मात्रै भौतिक सम्पत्ति बिमाको दायरा भित्र परे । सार्वजनिक भएका तथ्याङ्कहरुले नेपालमा हालसम्म पनि बिमाप्रति मानिसहरुको चेतनास्तर धेरै कम भएको देखाएका छन् । हरेक मानिसलाई आफू र आफ्नो सम्पत्तिको सुरक्षा गर्नुपर्छ भन्ने ज्ञान भएरपनि त्यसलाई व्यवहारमा उतार्ने चाहाना यस भूकम्पले देखाएको छ । नेपालमा रहेका विमा कम्पनिहरुमध्येको अग्रणी प्रभू इन्स्योरेन्स पनि एक हो । साविकको एलाइन्स इन्स्योरेन्स कम्पनि अर्थात हालको प्रभू इन्स्योरेन्स लिमिटेडले २० बर्ष प्रवेश गरेको छ । यसै अवसरमा बिमा कम्पनी सम्बन्धि केन्द्रित भएर विजनेस संसारले प्रभु ईन्स्योरेन्स लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।

यहाँहरुले २० वर्ष टेक्नुभयो, यो अवधिको अवस्थालार्य लिएर ईन्स्योरेन्सका बारे केही वताइदिनुस् न ? 
आपतकालिन र अनिवार्य आवश्यकता परिपुर्तिका लागि तथा जोखिम न्यूनिकरणका लागि बिमा आवश्यक छ । यहि अवधारणालाई आत्मसाथ गर्दै प्रभु ईन्स्योरेन्स स्थापना भएको २० वर्ष भएको छ । प्रभु ईन्स्योरेन्स निर्जीवन बिमा कम्पनी भएकोले यस कम्पनिले मूलतः भौतिक सम्पत्तिहरु जस्तै घर, मोटरगाडि, मेरीन, पशुवस्तु, तथा बालि बिमा गर्दै आएको छ । एलाईन्स ईन्स्योरेन्स कम्पनीबाट प्रभु ईन्स्योरेन्स नामाकरण भएको छोटो अवधिमा पनि यसले धेरै ठूलो सफलता हासिल गरेको छ । प्रभु ग्रुपले जुन काम गरेर समाजबाट विश्वसनियता आर्जन गरी ब्राण्ड बनाएको छ, त्यसले आज ईन्स्योरेन्स सञ्चालनमा पनि निकै महत्वपूर्ण भुमिका खेलेको छ । बिमा संस्थानको पहिलो काम वा यस्तो किसीमको संस्थाको प्रकृति भनेको जोखिम न्यूनिकरणका लागि बिमा गर्नु र जोखिम हस्तान्तरणका लागि आह्वान गर्नु नै हो । पछिल्लो समयमा कम्पनीले कृषि बिमालाई जोड दिएको छ । कृषिबिमा अन्र्तगत पशुबिमा र बालि बिमालाई जोड दिईएको छ । यस हिसाबले पनि कम्पनि हरेक योजनामा सफल भएको छ ।  हाल संस्थाको नाफा १४ प्रतिशतले बढीरहेको छ । यो लामो कालखण्डमा कम्पनीले १९ वटा शाखा स्थापना गरिसकेको छ । काठमाडौँ, बनेपा, विराटनगर, इटहरी, लहान, जनकपुर, विरगंज, हेटौँडा, नारायणघाट, पोखरा, नेपालगंज, पोखरा, वुटवल, दाङ, धनगढी लगायतका विभिन्न स्थानबाट शाखा सञ्चालन भईरहेका छन् । पब्लिक कम्पनि भएकोले प्रत्येक ३–३ महिनामा प्रभु ईन्स्योरेन्सले आफ्ना कार्यक्रम र  रिपोर्टहरु सार्वजनिक गर्दै आएको छ ।
??????????

भूकम्पपछि  हालसम्म दावी गर्नेहरुको अबस्था के कस्तो छ ?
भुकम्पका कारण प्रभु ईन्स्योरेन्स कम्पनिमा ११ सय भन्दा बढि मानिसहरुले बिमा रकम दाबी गरेका छन् । कम्पनीले हालसम्म ४ सय ९२ जनाको दाबी भुक्तानी गरिसकेको छ । बिमा रकम दाबी गर्न आउनेको तथ्याङ्कले सबैभन्दा धेरै दाबी भुक्तानी घर र गाडिमा परेको देखाउँछ । हालैको तथ्याङ्क समिक्षा हेर्दा विमा दाबी बापत आगलागीमा ९ सय ९०, मोटरमा १ सय ४९ विविध शिर्षकमा ३ वटा रिपोर्ट परेको छ । यस्तै आगलागी विमा अन्र्तगत ८४ करोड ६७ लाख ७३ हजार ६०० रुपैयाँ, मोटरमा १० करोड २६ लाख २५ हजार रुपैयाँ, ईन्जिनियरिङमा १२ करोड ९४ लाख रुपैयाँ र विविधमा १० लाख रुपैयाँ दाबी परेको छ । भुकम्प गएको तेस्रो दिनबाटै सेवा सुचारु गरिएको प्रभु ईन्स्योरेन्समा मानिसहरु घर तथा गाडिको बिमा गर्नको लागि हतारिएका थिए । यद्यपी भुकम्पको त्रास भुल्दै गएसँगै बिमा गर्ने परिपाटि पनि क्रमीक रुपमा पहिलाकै हाराहारीमा पुगेको छ ।

विमा क्षेत्रमा बैंकिङ क्षेत्रमा जस्तो मानिसको सहभागिता अझै बढ्न सकेको छैन हैन ? 
समय धेरै परिवर्तन भैसकेको छ । वस्तु तथा सेवाहरु नयाँ ढंगले आईरहेको वर्तमान परिप्रेक्षमा मानिसहरुमा चेतनाको कमी हुनु, बिमा कम्पनीहरुलाई गलत तरिकाले विश्लेषण गरिनु, बिमक स्वयम् जानकार नहुनु, तथा ईन्स्योरेन्स कम्पनि आफैंले बनाएका ‘पोलिसी’ त्यो तहसम्म लैजान असक्षम हुनु जस्ता विविध कारणले गर्दा अहिले विश्वका अरु देशहरुमा बिमा गर्ने प्रवृत्ति बढेको अनुपातमा नेपालमा वस्तु तथा सेवाको विमा गर्ने परिपाटि अझै बढि सकेको छैन । त्यसैले पहिलो कुरा बिमकहरु स्वयम् नै जानकार नभईकन कुनै किसीमको बिमा गर्न सकिदैँन । सबै बिमा कम्पनीहरु आफ्ना सेवाग्राहीलाई हरतरहबाट उच्चस्तरीय सेवा दिन तत्पर हुन्छन् । २० वर्षपहिले हातले लेखेर ‘पोलिसी’ ‘ईस्यू’ गर्ने अवस्थाबाट कम्युटरले ‘अप्रेट’ गर्ने प्रविधिसम्म आईपुग्दा समेत आम मानिसमा बिमाको महत्व बारे स्पष्ट ज्ञान नहुनु र २० वर्षपहिले जे कारणले उनिहरु बिमा गर्न आएनन् आज पनि त्यहि कारण रहिरहँनु आफैँमा दुखलाग्दो विषय हो । व्यक्ति, समाज, सरकार र  मिडियाले बिमा भनेको हाम्रो लागि हो भन्ने कुरा बुझ्न आवश्यक छ ।

कृषि क्षेत्रमा विमाको अबस्था के कस्तो छ ?
नेपाल कृषिप्रधान देश हो । कृषिप्रधान देश भएपनि कृषि व्यवसाय राम्रोसँग अझै फस्टाउन सकेको छैन । तर कृषि व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनको लागि पनि बिमा गर्न आवश्यक छ । निकै अवसर र सम्भावनाका बिचमा पनि आज कृिष पेशाप्रति यूवाको आकर्षण घट्नु भनेको कृषि लगानी सुरक्षित नहुनु नै हो । सरकार र कृषिको क्षेत्रमा काम गर्ने संस्थाले अनेक ढंगले कृषकलाई सहयोग गर्ने नीति लिएको छ । सोहि अनुरुप कृषि बिमाको अवधारणा आएको हो । कृषकले पालेका पशु तथा बालिको बिमा भएको खण्डमा कृषिको लगानि बढ्ने संभावना पनि रहन्छ । यसप्रकारका सन्देश आम कृषकसमक्ष पुराउनको लागि एकखाले मेकानिजम तयार पार्नुपर्छ । अहिले किसान अगुवाहरूले बिमाका लागि छुट्याइएको रकममा किसानको पहुँच नहुनु, बिमा गराउँदा प्राविधिक कठिनाइ उत्पन्न हुनु, बिमा कम्पनीको पहुँचभन्दा धेरै टाढा हुनुलगायत कारणले किसानहरु बिमा अभियानमा सरिक हुन नसकेको बताउँछन्  । यद्यपी यसको प्रक्रिया त्यति झन्झटिलो छैन । र सेवाको हिसाबले हेर्ने हो भने पनि तुरुन्त सेवा पाउने किसीमको छ । ‘सरकारले कृषकलाई जागरुक बनाएर बिमा गर्न पठाउने किसीमको वातावरण तयार पार्नुपर्छ । आगलागी, चट्याङ, बाढी पहिरो, हिउँ, असिना र तुसारो लगायतका प्राकृतिक प्रकोपले बाली तथा पशुपंक्षीमा क्षति पुराएमा क्षतीपुर्ती पाइन्छ, भन्ने सम्मको आधारभूत ज्ञान कृषकसम्म पुराउन र चेतना अभिवृद्धिका साथै व्यापक रुपमा प्रचार प्रसार गरेर कृषकलाई कृषि विमा गराएमा त्यो स्वयम् कृषकको हितमा हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]