November 15th, 2017

विद्युत् महशूल अब आईएमई पेमार्फत तिर्न सकिने

बिद्युत् महशूल वापतको रकम अबदेखि आर्ईएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश विदेशमा रहने सबै ग्राहकले  यस्तो सेवामार्फत बिद्युत् महशूल भुक्तान गर्न सक्ने व्यवस्था मिलाएको आईएमईले जनाएको छ । 

नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ । 

कसरी तिर्ने महशूल
नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाहरुको महशूल संकलन अनलाइन पद्धतिबाट गर्न सुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेट मार्फत नेपाल बिद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने  आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सक्ने व्यवस्था पनि मिलाईएको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]