February 2nd, 2016

विद्युतीय उपकरणबाट वित्तिय समावेशिता

agreementनेपाल क्लियरिङ्ग हाउस लिमिटेड र सक्षम एक्सेस टु फाइनान्स बीचमा मोबाइल वित्तीय सेवा परियोजनाको प्रारम्भिक अध्ययन गर्नका लागि सम्झौता भएको छ ।  नेपाल राष्ट्र बैंकका भुक्तानी तथा ङ्खछयौट विभागका कार्यकारी निर्देशक लगायतका पदाधिकारीहरु, नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका संचालकहरु, सक्षम एक्सेस टु फाइनान्सका प्रतिनिधिहरु र डिएफआइडिका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा सम्झौताको ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट सीईओ नीलेश मान सिंह प्रधान र सक्षम एक्सेस टु फाइनान्सका तर्फबाट टिम लिडर श्री बलजित बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुा् ।

सम्झौता ज्ञापन पत्र अनुसार नेपालमा राष्ट्रिय स्तरको मोबाइल वित्तीय सेवा परियोजना कार्यान्वयनका लागि आवश्यक प्रारम्भिक अध्ययन गरिनेछ । जस बमोजिम नेपाल क्लियरिङ्ग हाउसले भुक्तानीस“ग सम्बन्धित सम्पूर्ण पुर्वाधारहरुको व्यवस्थापन एवं संचालन गर्नेछ भने सक्षमले यसमा आंशिक रुपमा प्राविधिक र वित्तीय सहायता प्रदान गर्नेछ । मोबाइल वित्तीय सेवा परियोजना कार्यान्वयन भएको अवस्थामा बैंकिङ्ग च्यानलहरुको पहुच नपुगेका क्षेत्रहरुबाट समेत विद्युतीय उपकरणहरुको माध्यमबाट वित्तीय समावेशिता गराउन सम्भव हुनेछ ।

नेपाल राष्ट्र बैंक लगायत ११४ बैंक वित्तीय संस्थाहरुबाट प्रर्वधित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु संचालन गर्ने क्रममा हाल इलेक्ट्रोनिक चेक क्लियरिङ्ग सेवा प्रदान गदै आएको छ भने अन्तर बैंक भुक्तानी प्रणाली हाल कार्यान्वयनको अवस्थामा रहेको छ ।

सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम नेपाल र बेलायत सरकार बीच भएको द्धिपक्षिय सम्झौताको एक अशं अनुरुप यु.के. एड अन्र्तगत आर्थिक सहायत पाएको एक कार्यक्रम हो । अन्तरराष्ट्रिय विकास विभाग (डिएफआइडि नेपाल) का लागि यस कार्यक्रमलाई लुइस बर्जरले विभिन्न स्थानिय तथा अन्तरराष्ट्रिय संस्थाहरुको साझेदारीमा कार्यान्वयन गर्दैआएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]