February 2nd, 2016

विजनेस युनिभर्सल र फेवाको मर्जर टुट्यो

b..fयुनिभर्सल डेभलपमेन्ट बैंक र फेवा विकास बैंक एकआपसमा मर्ज नहुने भएका छन् । औपचारिक रुपमै मर्जर प्रक्रिया टुक्रिएपछि विजनेस युनिभर्सल बैँकले बुधबारदेखि नेप्सेमा कारोबार सुरु गरेको छ । यी दुई संस्थाले डेढ महिनाअघि नै मर्जरमा जाने सहमति गरेका थिए । गत मंसिर १ गते बिजनेस युनिभर्सल र फेवाले मर्जमा जाने समझदारी गरेका थिए । बिजनेस युनिभर्सल डेभेलपमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि फेवा विकास बैंकले जगन गुरुङलाई अध्यक्षबाट हटाएर रामभत्त रञ्जितलाई नयाँ अध्यक्ष छानेको थियो । साथै बैंकका शेयरधनी सदस्यहरुको भेलाले विवाद मिलाउन विशेष साधारणसभा आह्वान गर्ने निर्णय समेत गरेको थियो ।

यस्तो थियो विवाद
मर्जरमा जाने बिषयमा फेवा विकास बैंकका संचालकहरुबीच मतभेद देखिएपछि यी दुई बैंकको मर्जर टुटेको हो। मर्ज गर्ने निर्णय गर्दा आफूलाई कुनै जानकारी नदिइएको भन्दै फेवाका तत्कालीन अध्यक्ष जगन गुरुङले बैंकका ३० प्रतिशत सेयरधनीको साथ लिएर राष्ट्र बैंकमा निवेदन दिएका थिए । त्यसपछि मर्जरमा किन नजाने भनेर केन्द्रीय बैंकले उनलाई स्पष्टीकरण मागेको थियो । फेवाका अधिकास संचालक मर्जरमा जाने पक्षमा  देखिएको भएपनि  फेवा  भित्रको विवाद बढ्दै गएपछि विजनेश युनिभर्सल समेत यो प्रक्रियाबाट बाहिरीएको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]