June 18th, 2017

वाणिज्य स्तरका दुई बैंकमा झन्डै दुई सय जनाका लागि रोजगारी !

वाणिज्य स्तरका दुई बैंकमा झन्डै दुई सय जनाका लागि जागीर खुलेको छ । जनता बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडमा सो संख्यामा रोजगारी खुलेको हो । जनतामा आवेदन दिने म्याद २० जुनसम्म रहेको छ भने सनराइजमा आवेदन दिने म्याद २ जुलाईसम्म रहेको छ ।  

जनता बैंक नेपाल लिमिटेडमा १५० जनाका लागि रोजगारीको अवसर खुलेको छ । बैंकले एक सय जना जुनियर एसिस्टेन्ट, २५ जना मेनेजमेन्ट ट्रेनी र २५ जना चार्टर्ड एकाउन्टेन्ट्स माग गरेको हो । 

जुनियर एसिस्टेन्ट र मेनेजमेन्ट ट्रेनीका लागि अनुभव आवश्यक नरहेको बताइएको छ । चार्टर्ड एकाउन्टेन्टका लागि भने अनुभव अनिवार्य नभएको तर भएकालाई प्राथमिकतामा राखिने बताइएको छ । 

जुनियर एसिस्टेन्टका लागि स्नातक उतीर्ण कर्मचारी माग गरिएको छ भने मेनेजमेन्ट ट्रेनीका लागि स्नातकोत्तर गरेको हुनुपर्नेछ । चार्टर्ड एकाउन्टेन्ट पदमा भने दक्ष चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति दिइने बैंकले बताएको छ । 

उमेरको हकमा १४ जुनसम्ममा २८ वर्ष उमेर ननाघेका नेपाली नागरिकले जुनियर एसिस्टेन्ट पदका लागि आवेदन दिन सक्नेछन् । मेनेजमेन्ट ट्रेनीका लागि ३० वर्ष ननाघेको हुनुपर्नेछ भने चार्टर्ड एकाउन्टेन्टको उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

बैंकको जुनसुकै शाखा कार्यालयमा काम गर्न तयार हुने, कम्प्युटर जानेको, अंग्रेजी र नेपाली भाषमा पोख्त, स्मार्ट व्यक्तित्व, उत्कृष्ट अन्तरक्रियात्मक क्षमता, सकारात्मक सोच र अघि बढ्ने इच्छाशक्ति भएका व्यक्तिलाई नियुक्त गरिने बताइएको छ । आवेदन २० जुन सम्ममा दिन सकिनेछ । 
एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.growthsellers.com/job/apply_job_spec/403

यता, सनराइज बैंक लिमिटेडले चिफ रिस्क अफिसर र चिफ टेम्नोलोजी अफिसर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । दुबै पदका लागि स्नातकोत्तर उतीर्ण गरी पाँच वर्ष क वर्गको बैंकमा काम गरेको र सम्बन्धित क्षेत्रमा जानकारी भएको हुनुपर्ने बताइएको छ । इच्छुक तथा योग्यता पुगेकाले २ जुलाईसम्म एप्लाई गर्न पाउनेछन् । एप्लाई अनलाइनमार्फत गर्नुपर्नेछ ।  

भ्योक्नसीसम्बन्धी थप जानकारी तथा अनलाईनमार्फत एप्लाई गर्नका लागि यहाँ किल्क गर्नुहोस् ।
http://wwww.sunrisebank.com.np/career/


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]