March 23rd, 2016

वाणिज्य बैँक समूहले सम्हाल्यो बुधबारको शेयर बजार, ७३ करोड माथिको कारोबार 

Economicबुधबार ७३ करोड माथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३१ वटा कम्पनिको १४ लाख २६ हजार ५ सय ६४ कित्ता शेयर ३ हजार ७ सय ६३ पटक किनबेच हुँदा ७३ करोड ३५ लाख २३ हजार ६ सय १३ रुपैँया बराबरको कारोबार भएको हो । परिसूचक भने ३.४६ अंकले बढेर १३४५.५३ अंकमा पुगेको छ । 

बुधबार विकास बैँकका लगानीकर्ताले धेरै कमाएका छन् । अल्पाइन डेभलपमेन्ट बैँकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनिको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । त्यस्तै, माउन्ट मकालु डेभलपमेन्ट बैँक, कालिञ्चोक डेभलपमेन्ट बैँक, हामा मर्चेन्ट एण्ड फाइनान्स, राप्तीभेरी विकास बैँक, मिसन डेभलपमेन्ट बैँक लगायतका लगानीकर्ताले धेरै कमाएका छन् । गुमाउनेमा इनोभेटिभ डेभलपमेन्ट बैँक, नेशनल हाइड्रोपावर, नयाँ नेपाल लघुवित्त, प्रभु इन्स्योरेन्स लगायत छन् । 

कारोबारका आधारमा भने नेपाल बैँक अग्रस्थानमा रहेको छ । बैँकको ७ करोड ३८ लाख ६७ हजार ७ सय १५ रुपैँयाको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैँकले पुँजी वृद्धिको योजना ल्याएपछि चुक्ता पुँजी ८ अर्ब पुर्याउने बैँकमा पहिलो बन्न लागेको नेपाल बैँकको कारोबार बढे पनि शेयर मूल्य भने १ प्रतिशतले घटेको छ । त्यस्तै, नेशनल हाइड्रो पावर र सिटिजन्स बैँकको ५ करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ४ करोडभन्दा माथिको शेयर कारोबार भएको छ । ३ करोडमाथिको शेयर कारोबार भएका कम्पनिहरुमा एनएमबी बैँक, एभरेष्ट बैँक र सानिमा बैँक रहेको छन् भने सिद्धार्थ इन्स्योरेन्स, नविल बैँक, सनराइज बैँक लगायतको २ कारेडमाथिको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

बुधबारको शेयर बजार वाणिज्य बैँक समूह एक्लैले सम्हालेको छ । सबैभन्दा धेरै वीमा समूहको शेयर ६०.१ अंकले घटेको छ भने जलविद्युत्, होटल, विकास बैँक र फाइनान्स क्रमशः ३९.९८, ३.९५, ३.२९ र १.३६ अंकले घटेका छन् । वाणिज्य बैँक भने १२.२४ अंकले बढेको छ । त्यस्तै, अन्य समूह बुधबार कारोबार विहिन रह्यो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]