June 27th, 2016

ल्यापटप सट डाउन नगरी सुत्दा के हुन्छ ? 

laptopराती लयापटप अफ नगरी या स्लिप मोडमा राख्ने धेरैको बानी हुन सक्छ । समयसँगै ल्यापटप वा कम्प्युटर प्रणालीमा डाटा सञ्चय बढ्दै जान्छ । धेरै मात्रामा डाटा सञ्चय हुँदा तिनको गतिमा नकारात्मक असर देखिन थाल्छ । हार्डडिस्कको मेमोरी फुल हुँदा उपकरणको कार्य क्षमतामा समेत ह्रास आउन थाल्छ । स्थानको अभावमा उपकरणमा रहेका सफ्टवेयर रेगुलेटर अपडेट हुन नसक्नु यसको मुख्य कारण हो । यसले गर्दा उपकरण बुट गर्न वा स्टार्ट हुन तुलनात्मक रूपमा धेरै समय लाग्छ । यसकारण केही प्रयोगकर्ता उपकरणलाई शर्ट डाउन गर्न मन पराउँदैनन् । घण्टौं प्रणाली वा उपकरण प्रयोगविहीन रहने अवस्थामा पनि सिष्टम अन गर्न लाग्ने समयका कारण तिनलाई स्लिप मोडमा राख्छन् । स्लिप मोडमा राख्दा उपकरण पूर्णतया बन्द हुँदैन र यो आंशिक रूपमा सञ्चालनमै रहन्छ । तर, यसो गर्दा उपकरण र प्रणाली दुवैको आयु छोटो हुँदै जानेबारे भने अधिकांशलाई थाहा नहुन सक्छ ।

उपकरण अन नै राखेर सुत्दा बत्ती गएको थाहा हुँदैन । यसले गर्दा उपकरण पटकपटक डायरेक्ट बन्द हुने सम्भावना प्रबल हुन्छ । यसले कम्प्युटर प्रणाली वा उपकरणलाई नराम्रो असर गर्छ । साथै, खराब मौसममा चम्कने चट्याङले सञ्चालनमा रहेको प्रणालीलाई हानी गर्ने सम्भावना पनि हुन्छ । यसरी विद्युतसँग जडान गरेर हरेक समय उपकरण अन राख्दा यसको आयु कम हुन्छ भने विद्युत् खपत बढ्छ । कहिलेकाहीँ अपडेट गर्न कम्प्युटरलाई रातभर अन राख्नु नराम्रो भने होइन । खासगरी रातको बेला प्रणालीमा काम कम गरिने र इण्टरनेटको गति पनि राम्रो हुने भएकाले यसलाई राम्रो मानिन्छ । तर, सँधै विनाकाम अन राख्नु ठीक होइन । (एजेन्सी)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]