May 14th, 2016

लुम्बिनीमा पाँचतारे होटलको ओइरो, अर्बौँ लगानी

5starभैरहवास्थित गौतम बुद्ध विमानस्थलको स्तरोन्नति सुरु भएसँगै लुम्बिनी क्षेत्रमा नयाँ होटलको ओइरो लाग्न थालेको छ । विमानस्थल निर्माण सन् २०१७ सम्म सम्पन्न गर्ने लक्ष्य छ । त्यसपछि बढ्ने हवाईयात्रुको चापलाई मध्यनजर गर्दै अहिलेदेखि नै लुम्बिनी क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण गर्न थालिएको लगानीकर्ता बताउँछन् । साथै, स्तरीय होटल नहुँदा पर्यटक आकर्षित गर्न नसकिएको गुनासो विभिन्न टुर तथा ट्राभल एजेन्टले गरिरहेका बेला नयाँ होटल निर्माणले उत्साह बढाएको छ । भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनी क्षेत्रमा पर्यटकको चाप स्वतः बढ्ने र अझ स्तरीय पर्यटक आउने अपेक्षा उनीहरूको छ । 

लुम्बिनी क्षेत्रमा तीन वर्षभित्र चारवटा पाँचतारे होटल सञ्चालनमा आउँदैछन् । निर्माणाधीन होटलमध्ये दुईवटा भैरहवा क्षेत्रमा छन् भने एउटा चिल्हिया गाविस र अर्को बुद्ध जन्मस्थल लुम्बिनीनजिकै छ । बोधी रेडसन, नान्स, पवन प्यालेस र टाइगर प्यालेस होटल सञ्चालनमा आउने भएका हुन् । 

टाइगर प्यालेसमा ३ अर्ब लगानी रहने सिल्भर हेरिटेजले जनाएको छ । भैरहवाबाट आठ किमी उत्तर चिल्हियामा बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले सन् २०१७ सम्ममा पाँचतारे टाइगर प्यालेस सञ्चालनमा ल्याइसक्ने बताइएको छ । सिल्भर हेरिटेजले हाल काठमाडौंको सांग्रिला होटलमा क्यासिनो सञ्चालन गरिरहेको छ ।

भैरहवानजिकै वसन्तपुर (बालापुर)मा सञ्चालित तीनतारे होटल बोधी रेडसन पाँचतारेमा स्तरोन्नति हुन लागेको छ । यसका एक अर्ब लगानी हुनेछ । बोधीले ६४ नयाँ कोठा थपेर १ सय ६ पु¥याउन लागेको हो । निर्माणपछि २ सय ६ जनाले एकैपटक सेवा लिन सक्ने बताइएको छ । अक्टोबर २९ सम्ममा निर्माण सम्पन्न गरी पाँचतारेमा सूचीकृत गराई सञ्चालनमा ल्याउने योजना सञ्चालक पक्षको छ । 

एक अर्ब लगानी रहेको बेलहिया क्षेत्रको नान्स होटल पनि निर्माणको अन्तिम चरणमा रहेको छ । होटल १ बिघा १० कठ्ठामा फैलिएको छ । पहिलो चरणमा ८५ कोठा सञ्चालनमा आउने बताइएको छ,जहाँ १ सय ६० पर्यटक अटाउँछन् । भैरहवामा नान्स होटल ६ वर्षदेखि सञ्चालनमा छ । २०१६ मै होटल सञ्चालनमा ल्याइसक्ने बताइएको छ । 

पवन प्यालेसमा पर्यटन व्यवसायी हलवाईको सवा अर्वको एकल लगानी छ । यो लुम्बिनीमा पहिलो पाँचतारे होटल हो । पहिलो चरणमा १ सय ४० कोठासहित, तीन रेस्टुराँ, कफीसप र मेडिटेसन हल निर्माण हुने होटल सम्पन्न भइसक्दा सात तलाको हुने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]