May 15th, 2017

लघुवित्त सञ्चालन तथा व्यवस्थापन तालिम सम्पन्न

नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पोखरा, कास्कीमा विभिन्न शाखा कार्यालयहरुमा कार्यरत सहायक स्तरका १५ जना कर्मचारीहरुलाई ‘लघुवित्त सञ्चालन तथा व्यवस्थापन तालिम’ प्रदान गरेको छ । 

तालिममा संस्थाका लेखा विभाग प्रमुख हरी प्रसाद सिग्देलले लघुवित्तमा प्रभावकारी लेखा व्यवस्थापन, एरिया प्रमुख बिमल कोइरालाले कर्जा विश्लेषणको महत्व बारे, प्रशासन विभाग प्रमुख निरा अधिकारीले ग्राहकलाई कसरी प्रभावकारी सेवा प्रदान गर्ने भन्ने वारे र योजना विभाग प्रमुख श्री घनश्याम भट्टराईले जोखिम व्यवस्थापन सम्बन्धमा तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले प्रतिस्पर्धि वातावरणमा नयाँ ‘मोडल’ कार्यक्रम सम्बन्धमा विषयगत रुपमा प्रशिक्षण दिए । 

वोमी माइक्रोफाइनान्सको हालसम्म देशका विभिन्न १५ जिल्लामा २२ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् । उक्त शाखाहरुबाट १८ हजार सदस्यमा उठाउन बाँकी लघु कर्जा रु ६० करोड तथा वचत परिचालन रु २३ करोड रहेको छ । संस्थाले निकट भविष्यमा देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा कार्यालय विस्तार गर्ने योजना तय गरेको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]