October 24th, 2016

लघुवित्त बैंकले फेरिएको मुहार : १० हजारले बनायो लाखौँको मालिक

kalpana siwakotiकल्पना सिवाकोटी (जलेश्वर, महोत्तरी)-
सुरुमा मैले स्वाबलम्बन विकास बैंक जलेश्वरबाट १० हजार रुपैँया ऋण लिएर दाउरा व्यापार सुरु गरे । विस्तारै आफ्नो व्यवसायलाई निरन्तरता दिँदै गए । लगानी र आम्दानी पनि बढाएँ । अहिले म सक्षम बनिसकेकी छु । दाउरा व्यापार सँगसँगै बाख्रा व्यवसाय पनि गर्दै आएकी छु । यसबाट पनि राम्रो प्रतिफल प्राप्त गरेकी छु ।  

लघुवित्तले दिएको जीवन
म यहाँसम्म आउन सक्नुमा लघुवित्तको देन छ । ११ बर्ष भयो मैले लघुवित्त बैंकबाट ऋण लिन थालेको । अहिले डेढ लाख ऋण लिएकी छु । यसबाटै लिएको ऋणबाट दाउरा र बाख्रा व्यवसाय गरेर एउटा छोरो इन्जिनियर र छोरीलाई डिग्री पढाउँदै छु । आफ्नै उद्यम र परिश्रमको प्रतिफलबाट परिवारको, छोराछोरीको राम्रो भएको देख्दा गर्वको अनूभुति हुन्छ ।

परिवारको साथ
मेरो उद्यममा लघुवित्तका साथै मेरो परिवारको पनि उत्तिकै साथ र सहयोग छ । श्रीमान् र छोरीको सहयोग पनि सन्तोषजनक नै छ । मेरो काममा परिवारको साथ र सहयोग मिलेकाले नै मैले आफ्नो व्यवसायबाट यस्तो प्रतिफल पाउन सफल भएँ । लघुवित्तले दिएको सहारामा परिवारले थपिदिएको उत्साहको प्रतिफल आज मैले पाइहेको छु । परिवारको सहयोगका कारण दाउरा व्यवसाय र बाख्रापालनलाई एकै साथ अघि बढाउन सक्षम भएकी छु ।  

धेरै कुरा सिकायो लघुवित्तले
नेपालका राजनीतिक दलका नेताहरुले सिकाउन नसकेको कुरा लघुवित्तले सिकाएको छ । महिलालाई आत्मनिर्भर बन्न सिकाएको छ । सानो सानो उद्यम गर्नेलाई पनि एउटा स्थान दिएको छ । महिलाअरुको सीप र जाँगरलाई उत्पादनशील काममा प्रयोग गर्न हौसला प्रदान गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]