January 23rd, 2018

लक्ष्मी बैंकको मुनाफा झन्डै ५२ करोड पुग्यो

बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडले चालु अर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ७८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मीले ४० करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब २२ करोड १६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोष ४७ प्रतिशतले घटाएर एक अर्ब ८८ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ । बैंकको खुद व्याज आम्दानी २८ दशमलव ७६ प्रतिशतले बढेर ९९ करोड ९८ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४१ दशमलव ०८ प्रतिशतले बढेर ६९ करोड पाँच लाख ९२ हजार रुपैयाँ पुगेको छ । 

निक्षेपमा ८.५० प्रतिशत वृद्धि गरी ६० अर्ब २७ करोड ९३ लाख ९२ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १७.८० प्रतिशत बढाएर ५५ अर्ब दुई करोड २७ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ । यो अवधिमा चार करोड ३८ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १९ करोड छ लाख रुपैयाँ राखेको छ ।

लक्ष्मी बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०२ प्रतिशतले घटेर एक दशमलव २९ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति दुई दशमलव ५७ प्रतिशतले बढेर १३ दशमलव ४६ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १३ दशमलव २३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ९४ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ५६ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]