June 28th, 2017

लक्ष्मी बैंकको बोनस सेयर : प्रोफेशनल दियालोका सेयरधनी र हकप्रद खरिदकर्ताले पनि पाउने 

लक्ष्मी बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने भएको छ । मंगलबार (असार १३ गते) सम्पन्न लक्ष्मी बैंकको सोह्रौँ वार्षिक साधारणसभाले आ.व. २०७२/०७३ सम्मको संचित मुनाफाबाट २०७३ आसार मसान्तमा कायम सेयर पूँजीको ३८% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सो बोनस सेयर २०७३ असार मसान्त पश्चात प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेवापत सो विकास बैंकका सेयरधनीहरुलाई जारी गरिएको सेयर तथा १००% हकप्रद सेयर पश्चात हाल कायम पूँजीको १८.२९% हुन आउँछ । प्रोफेशनल दियालो विकास बैंकबाट कायम भई आएका सेयरधनीहरु, १००% हकप्रद सेयरको बाँडफाँडबाट कायम सेयरधनीहरु तथा अवितरित हकप्रद सेयरको लिलामीबाट कायम सेयरधनीहरु समेत उक्त बोनस सेयर पाउन योग्य हुने बैंकले जनाएको छ ।

बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नुको साथै आर्थिक वर्ष २०७२÷०७३ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै सभाले बैंकको चुक्ता पूँजीमा संस्थापक सेयरको अंश ५१ प्रतिशत कायम रहने गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट विश्वकरण जैन तथा श्रीमति स्वाति रुङ्गटा सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले करिब ७०० भन्दा बढी कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो ६८ शाखा मार्पmत सेवा पुर्याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवाप्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा संचालन गरेको हो ।

आ.व. २०७२/७३ मा ४८.१५  अरब निक्षेप र ४०.३६ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेका छन् ।

लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी हाल ५१ वटा शाखा मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ । लक्ष्मी बैंकले लक्ष्मी इक्विटि फण्ड नामक दोश्रो म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]