June 12th, 2017

रिलायबललाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न ग्लोबल आईएमई बैंकले डाक्यो साधारणसभा

रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने निर्णयलाई पारित गर्नका लागि ग्लोबल आईएमई बैंक लिमिटेडले विशेष साधारणसभा डाकेको छ । बैंकको जेठ २४ गते बसेको सञ्चालक समितिको वैठकले असार ९ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको हो । असार ९ गते शुक्रबार विहान ११ बजे काठमाडौँको ज्ञानेश्वरस्थित रिजेन्सी बंक्वेटमा हुने साधारणसभाले रिलायबललाई ग्लोबल आईएमईले एक्वायर गर्ने प्रयोजनका लागि मुल्यांकनकर्ताबाट प्राप्त चल अचल सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदनका आधारमा तयार गरिएको सेयर स्वाप अनुपात स्वीकृत गर्नेछ । उक्त एक्विजिसनसम्बन्धी सबै प्रक्रिया पूरा भइसकेको जानकारी गराउँदै ग्लोबल आईएमईले उक्त विशेष साधारणसभामार्फत अन्तिम स्वीकृति प्रदान गरी एकीकृत कारोबारको तयारी गर्ने जानकारी दिएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]