April 19th, 2016

रिपोर्टरको अनुभूति : ‘मैले सूचना माग्दा दुव्र्यबहार गरे राष्ट्र बैंकका प्रबक्ताले’

nrb‘म तपाईको मिडियालाई कहिले पनि समाचार दिन्न, तपाई यहाँबाट गईहाल्नुस्’ मिति २०७२ चैत २९ गते सोमबारका दिन मैले राष्ट्र बैंकजस्तो उच्च निकायका प्रवक्ता जस्तो जिम्मेवार सूचना अधिकारीबाट यस्तो अपेक्षा सायदै गरेको थिएँ । यी सब दुव्र्यवहार उनले मलाई अन्य बैंकर तथा कर्मचारीहरुको बीचमा गरे । जतिबेला उनी अर्थात नेपाल राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंज्ञेनिले आफ्नो कार्यकक्षमा बसेर गभर्नर, डेपुटी गभर्नर र केही पत्रकारको कटाक्ष गरिरहेका थिए, जुन कुरा मेरा कानले सुन्न मात्रै भ्याएन मैले रेकर्ड गर्न पनि भ्याएँ । करिब ६ मिनेटजति फोनमा कुरा गरिसकेपछि उनले मलाई सिधै कार्यकक्षबाट बाहिर जान भने । उनलाई म बैंंकिङ खबरको पत्रकार भन्ने थाहा थियो । बैंकिङ खबरमा उनको बारेमा टिप्पणी मूलक समाचार आएको विषयमा उनीभित्र पूर्वाग्रह रहेछ । समाचारमा कुनै गल्तीभए सच्याउन ध्यानाकर्षण गराउन वा चरित्र हत्या नै भएको महशुस भएको भए उनले सम्बन्धीत निकायमा उजुरी समेत दिन सक्थे । तर समाचारमा त्यस्तो चरित्र हत्यागर्ने किसिमको कुनै सामग्रि, शब्द र वाक्य नराखेकाले उनले त्यसबारे उजुरी दिन सकेका थिएनन् तर पनि उनीमा समाचारप्रति पुर्वाग्रह रहेछ ।

उनले मलाई हप्काएर कार्यकक्षबाट निस्काशन गरे । नागरिकलाई सूचनाको हक दिलाउने पत्रकारीता यात्रामा संघर्ष गरिरहेको मलाई उनको व्यवहारले निराश मात्रै पारेन । यो यात्रामा अघि बढ्न मलाई हतोत्साहित पनि पारेको छ । नेपाल एउटा विकासोन्मुख मुलुक हो । बल्लबल्ल साक्षरता प्रतिशत घटिरहेको यो मुलुकमा बैंकिङ तथा वित्तिय साक्षरतालाई केन्द्रित गरी विजनेस न्यूज कर्नर प्रालि अन्तर्गत सञ्चालित बैंकिङ खबर मार्फत म नागरिकस्तरमा सूचनाको विगुल फुकुला, नागरिकलाई सूचनाको हक दिलाउँला र मेरो पत्रकारीतामार्फत सबैलाई आर्थिक समृद्धितर्फ जान उत्प्रेरित गरुँला भन्ने थियो । तर हामीले सूचनाको स्रोत मान्ने नेपाल राष्ट्र बैंककै प्रवक्ताले सूचना दिन्न, तपाई गईहाल्नुस् भन्ने व्यवहारले मलाई अत्यन्तै दुखि बनाएको छ । शिवहरी घिमिरे, रिपोर्टर बैंकिङ खबर डटकम 

DSCN0024बैंकिङ खबरको आपत्ति, आवश्यक कार्बाही गर्न माग   
बैंकिङ खबर डटकमले आफ्ना रिपोर्टर शिवहरी घिमिरेमाथि नेपाल राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंज्ञेनीले ‘तपाइको मिडियालाई सुचना दिन्न, यहाँबाट गइहाल्नुस’ भनी अपमानजनक ढंगको व्यबहार गरेकोमा आपत्ति प्रकट गरेको छ । विजनेस न्यूज कर्नर प्रालिद्धारा संचालित ‘बैंकिङ खबर डटकम’ अनलाइन न्यूज पोर्टलका प्रधानसम्पादक माधव निर्दोषले राष्ट्रिय सूचना आयोगको ध्याकाकर्षण गराउँदै यो विषयमाथि गम्भिर आपत्ति जनाएका हुन् । सम्वाददाता शिवहरी घिमिरे नेपाल राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंज्ञेनीसँग ‘बैंकिङ मर्जर’ ‘उत्पादन क्षेत्रमा बैंकहरुको लगानी’ लगायतका विषयमा सूचना लिन मिति २०७२ चैत २९ गते नेपाल राष्ट्र बैंकको कार्यालय पुगेका थिए । प्रबक्ताको कार्यकक्षमा पुगेर निज घिमिरेले सूचना माग्दा नेपाल राष्ट्र बैंकका प्रबक्ता पंगेनीले ‘बैंकिङ खबरलाई सूचना दिन्न, तपाई यहाँबाट गइहाल्नुस्’ भनेर अपमानजनक ढंगले कार्यकक्षबाट बाहिर निकालेकोप्रति  गम्भिर ध्यानाकर्षण भएको जनाउदै प्रधान सम्पादक निर्दोषले आबश्यक छानविन गरी सूचना नदिने अधिकारीमाथि कार्बाही गर्न माग गरेका छन् । उक्त रिपोर्टको वोदार्थ नेपाल पत्रकार महासंघका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पनि पठाइएको उनले बताएका छन् । उक्त मिति भन्दा करिब एकसाता अघि पनि प्रबक्ता पंगेनिले यसैगरी आफ्ना प्रतिनिधि घिमिरेलाई सूचना माग्दा पटकपटक उल्टै हप्काउने गरेको उल्लेख गरिएको छ । बैंकिङ खबरका प्रधान सम्पादक माधव निर्दोषले यस घटनापछि बैंकिङ खबरले नेपाल राष्ट्र बैंकका सूचनाहरु समाचारका रुपमा प्रकाशन गर्न नपाएको र सूचनाको हकबाट बंचित गरिएको भन्दै सूचनाको हक दिलाउन र दोषीमाथि कार्बाही गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]