April 18th, 2017

राष्ट्र बैंक संचालकमा श्रीराम पौडेल र रामजी रेग्मी नियूक्त

सरकारले राष्ट्र बैंकको संचालकमा प्रा. डा. श्रीराम पौडेल र रामजी रेग्मीलाई नियूक्त गरेको छ । हालै बसेको मन्त्रीपरिषदको बैठकले उनीहरुलाई नियूक्त गरेको हो । संचालकद्धयको अवधि ५ बर्षको हुने छ ।  पौडेल यस अघि पनि राष्ट्र बैंकको सञ्चालक थिए । अर्को ५ बर्षका लागि सरकारले उनलाई पुन नियूक्त गरेको हो । त्यसैगरी रेग्मी नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंकको सात सदस्य संचालक समितिमा गभर्नर अध्यक्ष, तथा डेपुटीगभर्नर दुइजना र अर्थसचिव पदेन संचालक रहने व्यबस्था छ । बाहिरबाट ३ जना संचालक नियुक्त हुन्छन् । जसमध्ये २ जनाको कार्यकाल सहिएको थियो भने संचालक बिकेमान सिंहको अदालतमा मुद्धा विचाराधिन छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]