March 16th, 2017

राष्ट्र बैंक भन्छ– ‘माघ महिनासम्म मूल्य वृद्धि ३.३ प्रतिशतमा सीमित’

 

गत वर्षको तुलनामा चालू आर्थिक वर्षको माघ महिनासम्ममा मूल्य वृद्धि कम प्रतिशतले बढेको एक तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको माघ महिनासम्म ३.३ प्रतिशतलेमात्र मूल्य वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । अघिल्लो वर्ष सोही अवधिमा ११ दशमलव ३ प्रतिशतमा रहेको मूल्य वृद्धि चालू आर्थिक वर्षको माघ महिनासम्ममा भने ३ दशमलव ३ प्रतिशतमा मात्रै सीमित रहेको केन्द्रीय बैंकले जनाएको छ ।

तथ्यांकअनुसार यस वर्ष खाद्यान्य क्षेत्रको मुल्य बृद्धि घटेर मुल्यबृद्धि ० दशमलव २ प्रतिशतले ऋणात्मक देखिएको छ । अघिल्लो वर्ष यस्तो बृद्धि १२ दशमलव ८ प्रतिशतले बढेको थियो । माघ महिनामा गैर खाद्य समुहको मुल्य बृद्धि ६ दशमलव १ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो बृद्धि १० दशमलव १ प्रतिशत थियो ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]