December 5th, 2016

राष्ट्र बैंकले विक्री गर्यो २१३ करोडको ट्रेजरी बिल

नेपाल राष्ट्र बैंकले २१३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको ट्रेजरी बिल सोमबार विक्री गरेको हो । अनलाइन बालकबोलका आधारमा विक्री गरिएको उक्त ट्रेजरी बिल आगामी फाल्गून १४ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकले यसअघि गत शुक्रबार पनि ९१ दिने अवधिको २.८२ करोड र ३६४ दिने अवधिको १० करोड गरी १३.८२ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको थियो । जसमध्ये ९१ दिने अवधिको ट्रेजरी बिलमा १०.४६ करोड रुपैयाँको बोलकबोल परेको छ भने ३६४ दिने अवधिको ट्रेजरी बिलमा ६४.३५ करोडको बोलकबोल परेको छ ।

राष्ट्र बैंकले नेपाल सरकारका लागि छोटो अवधिको आन्तरिक ऋण उठाउने उद्देश्यले ट्रेजरी बिल विक्री गर्ने गर्दछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]