November 21st, 2016

राष्ट्र बैंकले विक्रि गर्यो सवा दुई अर्बको ट्रेजरी बिल

nepal-rastra-bank4-1नेपाल राष्ट्र बैंकले दुई अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्रि गरेको छ । सरकारका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंक अन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले आगामी सोमबार उक्त ट्रेजरी बिल विक्रि गरेको हो । विभागले ९१ दिने अवधिको ट्रेजरी बिल विक्रि गरेको हो । जसअनुसार, उक्त ट्रेजरी बिलको सावाँ तथा व्याज आगामी फाल्गुन १० गते फिर्ता हुनेछ । ट्रेजरी बिल अनलाइन बोलकबोलका आधारमा विक्रि गरिएको बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]