March 31st, 2016

राष्ट्र बैंकले ल्यायो १३ अर्बको विकास ऋणपत्र

nepal-rastra-bank photoनेपाल राष्ट्र बैंकले व्यक्ति तथा संस्थाका लागि बोलकबोल प्रक्रियामार्फत १३ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रका लागि आवेदन खुला गरेको छ । सो ऋण पत्रको अवधि ११ वर्ष निर्धारण गरिएको छ । बुधबारदेखि बोलकबोल हुने ऋणपत्रको निष्कासन शुक्रबार हुने राष्ट्र बैंकले जनाएको छ । सो ऋणपत्रको ब्याजदर भने बोलकबोलमार्फत निर्धारण हुनेछ । 

धितो राखी ऋण लिन सकिने सो ऋणपत्रको खरिद गर्न सकिने न्यूनतम रकम भने ५० हजार रुपैयाँ वा सो ले निशेष भाग जाने गरी कुल निश्कासित रकमसम्म पाइने व्यवस्था छ । ऋणपत्र खरिदका लागि व्यक्ति वा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्ने व्यवस्था छ । 

प्रतिस्पर्धी बोलवालालाई कुल निष्कासनको ८० प्रतिशत अर्थात १० अर्ब ४० करोड रुपैयाँ बराबर र अप्रतिस्पर्धी बोलवाललाई २० प्रतिशत अर्थात् २ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र छुट्याइएको छ । जसमध्ये राष्ट्र बैंकवाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरेका ‘क’, ‘ख’ र ‘ग’ वर्गका कम्पनी अप्रतिस्पर्धी बोलवाला हुन नपाउने पनि राष्ट्र बैंकले जनाएकोे छ । यसका लागि बोलवालाले विहिबार बैंकको राष्ट्र ऋण व्यवस्थापन विभाग वा बैंकका उपत्यकाभन्दा बाहिरका कार्यालयमा खामबन्दी गोप्य बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]